Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा संक्रमित १५२९५, अब डाइबिटिज र क्यान्सरका बिरामीको पनि कोरोना परीक्षण गरिने

हाम्रो कोशी आवाज
असार १९ २०७७, शुक्रबार
नेपालमा संक्रमित १५२९५, अब डाइबिटिज र क्यान्सरका बिरामीको पनि कोरोना परीक्षण गरिने

काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा थप ७४० जना कोरोना संक्रमित थपिएका छन् ।
थपिएसँगै नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा थप ७४० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ८२३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोनामुक्त भएर घर फर्कनेको संख्या ६ हजार १ सय ४३ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।
सरकारले क्यान्सर, डाइबिटिजका बिरामीहरुको कोरोना परीक्षण गर्ने भएको छ । यस्तै अस्पतालको आकस्मिक कक्षमा आउने बिरामी, आइसियुमा भर्ना भएका बिरामी, पकेट क्षेत्रमा बस्ने नागरिक र स्वास्थ्यकर्मीहरुको परीक्षण गर्ने प्रवक्ता गौतमले जानकारी दिए ।
सरकारी, सामुदायिक र निजी अस्पतालहरुमा समेत कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाइएको उनले जानकारी दिए । हाल नेपालमा ३ लाख ५ हजार ६ सय २९ जनाको आरडिटी परीक्षण भएको छ । अहिले देशभरिका क्वारेन्टिनमा ३५ हजार ४ सय ७२ रहेका छन् ।

प्रकाशित मिति: असार १९ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend