Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कोठा भाडामा लिएर लागूऔषध ‘सप्लाइ’

हाम्रो कोशी आवाज
असार २० २०७७, शनिबार
धरानमा कोठा भाडामा लिएर लागूऔषध ‘सप्लाइ’

धरानः इलाका प्रहरी कार्यालय धरानले पानमारा बस स्टेण्डट नजिक रहेको डेरा कोठाबाट लागूऔषध बरामद गरेको छ ।
डेरा कोठा गरी बस्ने किशन श्रेष्ठले कोठामा अवैध लागूऔषध सञ्चय गरी बेचबिखन गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा क्षेत्रीय अनुसन्धान समूह र इलाकाको प्रहरी टोलीले लागूऔषध बरामद गरी उनलाई पक्राउ गरेको हो ।
उनको डेरा कोठा तलासी लिँदा भाडा लिएको कोठाबाट अवैध लागूऔषध, हतियार नाल १ र नगद रकम फेला परेकोमा डिएसपी ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बरामद सामग्री
कोठाको भुईमा रहेको हरियो रातो बि क्लाउड लेखिएको जेब्रा झोलाभित्र नाइट्रोसन लेखिएको २६ पत्ता (प्रतिपत्ता १० ट्याबलेटको दरले) जम्मा २६० (दुईसय साठी ) ट्याब्लेट , सोही झोलाभित्र स्पास्मोप्रोक्सिभन २३ पत्ता प्रति पत्ता (प्रति पत्ता २४ क्याप्सुलका दरले) जम्मा ५५२ (पाँच सय बाउन्न) क्याप्सुल र डाइलेक्स डिसी १०० एमएल लेखिएको सिलप्याक भएको ६ बोतल ।

प्रकाशित मिति: असार २० २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend