Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘मायामा मालामाल’ सार्वजनिक (भिडियोसहित)

हाम्रो कोशी आवाज
असार २१ २०७७, आइतबार
‘मायामा मालामाल’ सार्वजनिक (भिडियोसहित)

धरानः गायिका मिना कार्कीको एल्बम सदिक्षा भित्र समावेश दोस्रो गीत ‘मायामा मालामाल’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
प्रेम भावको यस गीतमा स्वर सन्तोष श्रेष्ठ र मिना कार्कीको रहेको छ । गीतका शब्द डा नवि अधिकारी(टकिन्द्र)ले लेखेका हुन् भने संगीत गायक तथा संगीतकार सन्तोष श्रेष्ठको नै रहेको छ । यस गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा कमल सिंह र नग्मा श्रेष्ठ फिचर्ड छन् । सन्तोष राजबाहकको कोरियोग्राफी तथा निर्देशनमा बनेको भिडियोलाई उत्सव दाहालले छायाँकन र टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। ओएसार डिजिटल मार्फत भिडियो सार्वजनिक गरिएको हो।
यसअघि आफ्नो पहिलो गीत ‘शिरमा शिरफुल’ सार्वजनिक गरेकी गायिका कार्की पेशागत हिसाबले एक अनुसन्धानकर्ता, सक्रिय स्वास्थ्यकर्मी, र सिनियर नर्स पनि हुन्। एल्बम “सदिक्षा” भित्रका प्रत्येक गीतका म्युजिक भिडियो क्रमशः सार्वजनिक गर्दै जाने गायिका कार्कीले जानकारी गराएकी छन् ।
म्युजिक भिडियोलाई दर्शक ,स्रोताको सकारात्मक प्राप्त भैरहेको छ। म्युजिक भिडियोलाई माया गरिदिन गायिका कार्कीले सम्पूर्ण संगीत प्रेमी र मिडिया हाउसलाई आग्रह गरेकी छिन।

प्रकाशित मिति: असार २१ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend