धरानः युवापुस्ताको आवाज समेटिएको गीत ‘नेपालमा ल्याङ भो’ सार्वजनिक भएको छ ।
व्यापक भ्रष्टाचार, सत्ता तानातानदेखि निराश र आक्रोशित देश भित्र र विदेशिएका नेपालीहरुको आक्रोश यो गीतमा सुन्न सकिन्छ । ‘रक भर्सन’ को यस गीतमा गीतकार तथा कवि विष्णु जोशीको शब्द रहेको छ भने विशाल पौडेलको स्वर र संगीत रहेको छ । हाल लिरिकल भर्सनमा उपलब्ध गीतको भिडियो नविन निरौलाले बनाएका हुन् ।
छिट्टै अफिसिएल भिडियो सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी गीतकार जोशीले दिएका छन् । लिरिकल भिडियो जोशीकै च्यानल मदर नेपालमार्फत सार्वजनिक गरिएको छ । अमेरिकामा विज्ञानमा विद्यावारिधी गर्दै गरेका जोशी नेपाल फर्कौ महाअभियानका अभियन्ता समेत हुन् ।
उनी भन्छन, ‘यो गीतमा आक्रोश छ तर विरोध मात्रै गरेर समाधान हुँदैन त्यसैले अन्त्यमा यो गीतले सबै युवालाई जागरूक भएर स्वदेशमै धैर्यताका साथ उद्यम गरी यसै पुस्तामा देश बनाउन आहवान गरेको छ ।
