Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा बालिबालिकामा कोरोना भाइरस संक्रमण बढ्दो, शैली परिवर्तन गरौंः चिकित्सक

हाम्रो कोशी आवाज
असार २३ २०७७, मंगलबार
नेपालमा बालिबालिकामा कोरोना भाइरस संक्रमण बढ्दो, शैली परिवर्तन गरौंः चिकित्सक

 

फोटोः धरानमा पोलियो थोपा खान मास्क लगाएर आइपुगेकी बालिका ।

धरानः नेपालमा बालबालिकामा कोरोनाभाइरसको संक्रमण बढी देखिनुमा हुर्काउने शैली कारक रहेको हुनसक्ने भन्दै ख्याल गर्न चिकित्सकहरूले सुझाएका छन् ।
कुल संक्रमितमध्ये बालबालिकामा संक्रमणको दर बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयको तथ्याङ्क अनुसार सङ्क्रमितको संख्या १४,५०० नाघ्दा १८ वर्षमुनिका करिब २,१०० जनामा सङ्क्रमण देखिएको थियो । दश वर्षमुनिका सङ्क्रमित बालबालिकाको सङ्ख्या ५०० नाघेको थियो । हालसालै कोरोनाभाइरसका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराइरहेका एकजना ४९ दिनका शिशुको मृत्यु भएको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशमा मात्रै नौ वर्ष मुनिका १७५ जना बालबालिकामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण देखिएका सबै बालबालिका आमाबाबुसँगै भारतबाट फर्किएका रहेको मन्त्रालयले जनाएको छ । बालबालिकामा सङ्क्रमण बढ्दै जाँदा मन्त्रालय र चिकित्सकहरूले त्यसबारे सचेत रहन अभिभावकहरूलाई आग्रह गरेका छन् ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धेरैजसो सङ्क्रमित बालबालिकाहरू भारतबाट बाबुआमासँगै आएका वा यता आएपछि सरेका छन् । बालबालिकामा सङ्क्रमण बढ्दै जानुको कारण उनीहरूलाई हुर्काउने हाम्रो शैली हुन सक्ने उनले बताए ।
डा. अधिकारीले भने, ‘कोरोनाभाइरसको सङ्क्रमणबाट जोगाउन सङ्क्रमण भएका वा सम्भावित सङ्क्रमित व्यक्तिलाई सन्तानबाट टाढा रहनुपर्छ भन्ने चेत नभएकोले पनि यस्तो भएको हुन सक्छ ।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार नेपालका बालबालिकामा सङ्क्रमण देखिने सङ्ख्या हेर्दा उनीहरूलाई बाबुआमाले जोगाउनुपर्ने देखिएको बताउँछन् ।
उनी भन्छन्, ‘आमाबाबुले आफनो जुठो खानेकुरा बच्चालाई खान दिने लगायतका हाम्रा पुराना बानीव्यवहारका कारणले पनि बालबालिकामा सरेको हुन सक्छ ।’ अहिलेसम्मको संक्रमित बालबालिकाको संख्या हेर्दा आत्तिनुपर्ने खालको नभए पनि अभिभावकहरू सचेत हुनुपर्ने उनी बताउँछन् ।
‘बालबालिकालाई खाना खुवाउँदा छुट्टै भाँडामा खुवाउनुपर्छ, जुठो खुवाउनु हुँदैन । सङ्क्रमणका लक्षण देखिएका छन् भने बालबालिकाबाट आमाबाबु वा नजिकका आफन्त टाढा बसिदिनुपर्छ ।’
‘कोरोनाभाइरसको सङ्क्रमण हुनसक्ने सबै क्रियाकलापमा बालबालिकाबारे सोचेर सचेत हुनुपर्छ’, डा. पुनले भने । बालबालिका जहाँतहीँ गएर खेल्ने भएकोले जथाभावी थुक्न नहुने, उनीहरूको अगाडि खोक्दा वा हाच्रिुछउँ गर्दा सचेत हुनुपर्ने उनी बताउँछन् ।
‘सङ्क्रमण भए पनि नभए पनि बालबालिकासँग खेल्दा साबुनपानीले हात धोएर मात्रै खेल्ने गर्नुपर्छ ।’
बाहिर जानु परेमा अनिवार्य आफू र बालबालिका दुवैले मास्क लगाउने र अरूसँग दूरी राख्ने नियम पालना गर्नुपर्छ । –बीबीसी

प्रकाशित मिति: असार २३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend