Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अमेरिका बस्ने रानी शाक्यले ल्याइन् ‘कथा २’ (भिडियोसहित)

हाम्रो कोशी आवाज
असार २५ २०७७, बिहिबार
अमेरिका बस्ने रानी शाक्यले ल्याइन् ‘कथा २’ (भिडियोसहित)

धरानः हरेक मान्छे आफैंमा एउटा लामो कथा लाग्छन् । हरेकसँग सुरुवातको कथा हुन्छ । अन्त्यको पनि कथा हुन्छ । संघर्षका मैदान सबैका हुन्छन् । जित्नेका कथा । हार्नेका कथा । कसैले लेख्छन् कापीमा र भर्छन् पानाहरु । कसैले लेख्छन् मनमा र भर्छन् यादहरु । हरेक बाटाहरु फरक हुन्छन् । सबैका बाटोहरु एकै हुन्नन् । त्यसैले त हरेकका अलग कथा हुन्छन् । ती कथाहरु कति लेखिन्छन् कति मेटिन्छन् ।
गायिका रानी शाक्यले जीवनको सत्यता गीतमार्फत् बताउने कोसिस गर्दै ‘कथा २’ सार्वजनिक गरेकी छिन् । गायक कमल खत्रीसँग यसअघि ‘कथा’ बोलको युगल गीत सार्वजनिक गरेकी शाक्यले अर्को कोणबाट ‘कथा २’ सार्वजनिक गरेकी हुन् । ‘कथा’ उनका सफल गीतहरु मध्य एक हो । गायिका शाक्य अमेरिकामा बसेर निरन्तर गीत संगीतमा सक्रिय छिन् ।
‘कथा २’ मा स्वर रानी शाक्यको रहेको छ भने शब्द अरुण तिवारीको रहेको छ । हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतलाई गायिका शाक्यको अफिसिएल युट्युव च्यानल ‘रानी शाक्य’ मार्फत् सार्वजनिक गरिएको छ । लिरिकल भिडियो गायिका शाक्यका श्रीमान राजेश शाक्यले बनाएका हुन् ।

प्रकाशित मिति: असार २५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend