धरानः कोरोना महामारीपछि दयाहाङ राईको बाटो फेरिएको छ ।
लामो समय चलचित्र क्षेत्रको चहलपहल बन्द हुँदा उनी म्यूजिक भिडिओमा देखिन थालेका छन् । चलचित्र निर्देशक मिलन चाम्सको निर्देशनमा रहेको ‘बल्ल बल्ल भेट भो’ बोलको म्यूजिक भिडिओमा उनले मोडलिङ गरेका हुन् । जसको छायांकन आज धुलिखेलमा गरिएको छ । दीपा लामा र तेम्बा शेर्पाको स्वरमा रहेको गीतमा दयासँगै निराञ्जली लामाले अभियन गरेकी छिन् ।
अन्य चलचित्रका हिरो हिरोइनहरू यसअघि नै म्यूजिक भिडिओमा काम गर्दै आएका थिए। पल शाह, स्वस्तिमा खड्का, प्रियंका कार्की लगायतका हिरो हिरोइनहरू म्यूजिक भिडिओमा काम गर्दै आएका छन् । दयाले भने अहिलेसम्म म्युजिक भिडिओतर्फ हात हालेका थिएनन् ।