धरानः चेक बाउन्सको फरार प्रतिवादी पक्राउ परेका छन् ।
धरान–१६ मा बस्दै आएका प्रकाश सम्बाहाम्फे पक्राउ गरी जेल चलान गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानले धरान–१६ बाट पक्राउ गरी नक्खु कारागार चलान गरेको जनाएको छ ।
डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार प्रकाशले काजलदीप राणालाई ३० लाखको बाउन्स चेक दिएको र चेक बाउन्स भएपछि राणाले अदालतमा मुद्दा हालेका थिए । अदालतले २ वर्ष कैद ठहर गरेको थियो ।
ललितपुर जिल्ला अदालतको मिति २०७६।१२।०७ गतेको फैसला आदेशअनुसार वादी राणा र प्रतिवादी सम्वाहाम्फे भएको चेक अनादर (बिगो) मुद्दामा २ (दुई) वर्ष कैद ठहर भएपनि फरार रहेका सम्वाहाम्फेलाई प्रहरीले पक्राउ गरेर ललितपुर पठाएको हो । उनको खास घर झापा गौरादह नगरपालिका वडा नं. ०६ हो तर उनी हाल धरान–१६ बस्दै आएका थिए ।