Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको पुरानो बजारको तरकारी बजारमा आगलागी हुँदा ५० लाख बढीको क्षति

हाम्रो कोशी आवाज
साउन १२ २०७७, सोमबार
धरानको पुरानो बजारको तरकारी बजारमा आगलागी हुँदा ५० लाख बढीको क्षति

धरानः धरान उपमहमानगरपालिका–३ पुरानो बजारस्थित धरानको पालिका तरकारी बजारमा आगलागी हुँदा करिब २० पसल जलेर नष्ट भएका छन् भने लाखौंको क्षति भएको छ ।
करिब ५ बजेदेखि लागेको आगोलाई धरान उपमहानगरपालिकाको दमकल र स्थानीयबासीले नियन्त्रणमा लिएका थिए । आगलागीबाट करिब २० वटा पसल जल्दा झण्डै ५० लाख रूपैयाँ बढी क्षति अनुमान गरिएको छ ।
आगलागीबाट स्थानीय रमा चौहान खतिवडा, कल्पना तामाङको होटेल तथा फलफूल पसल, ज्ञानकुमारी श्रेष्ठको फलफूल तथा किराना पसल, अनिता आचार्जु, वसिम श्रेष्ठ, सविना वेघा खनाल,प्रविना लिम्बू, इन्दिरा श्रेष्ठ, मिरा निरौला, सुरेन्द्र चौधरी, लालबहादुर राई र यामकुमार विकको टिनको छानोलगायतका पसल जलेर नष्ट भएको छ ।
चौहानको पसलमा विद्युत सर्ट हुँदा आगलागी शुरू भएको स्थानीय भक्तबहादुर कटुवाल बताउँछन् । बजार क्षेत्रका सबै पसलेहरु करिब ९ बजे पसल बन्द गरी घर गएको र बिहान पसल खोल्न आइनपुग्दै आगाले सबैको पसल खरानी पारेको स्थानीयहरुले बताएका छन् ।
फोटोः मिङमा भोटे

प्रकाशित मिति: साउन १२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend