Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हङकङमा मास्क नलगाए ५ हजार डलर जरिवाना

हाम्रो कोशी आवाज
साउन १२ २०७७, सोमबार
हङकङमा मास्क नलगाए ५ हजार डलर जरिवाना

धरानः हङकङमा मास्क नलगाए ५ हजार डलर जरिवना गरिने भएको छ । हङकङकका मुख्य सचिव म्याथ्यु चिउङले नियमको पालना नगर्नेलाई ५ हजार हङकङ डलर जरिवाना हुने समेत जानकारी दिए ।
हङकङमा सोमबार हालसम्मकै धेरै कोरोना संक्रमितहरु थपिएको दिन अनिवार्य मास्कको नियम लागू गरिएको छ । २ हप्तायता हङकङमा दैनिक धेरैको संख्यामा कोरोना संक्रमितहरु थपिरहेका हुन् ।
सोमबार एकैपटक १ सय ४० कोरोना संक्रमित थपिएसँगै यहाँका रेस्टुरेन्टमा बसेर खाना तथा खाजा खान नपाइने नियम पनि बनाइएको छ । बुधबारदेखि यो नियम लागू हुनेछ । होम प्याकिङको व्यवस्थालाई भने बन्द नगरिएको बताइएको छ । हङकङमा हालसम्म २६ सय ३० भन्दा बढीका कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ २० जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: साउन १२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend