Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘राम्रो कन्टेन्ट’ मा टिकटक बनाउनेले अब पैसा पाउने

हाम्रो कोशी आवाज
साउन १३ २०७७, मंगलबार
‘राम्रो कन्टेन्ट’ मा टिकटक बनाउनेले अब पैसा पाउने

धरानः टिकटक युवा वर्गमा निकै लोकप्रिय बन्दै गइरहेको छ । विभिन्न गतिविधिका कारण केही देशमा यसलाई प्रतिवन्ध लगाएको पनि देखिन्छ । पछिल्लो समय युवा उमेरबाहेकका मानिसहरु पनि यसमा झुम्मिने गरेका छन् ।
विभिन्न गीतका क्लिपमा नाच्ने र अभिनय गरेर अपलोड गर्न मिल्ने यो एप विश्वभर दुई करोड बढी पटक डाउनलोड भइसकेको छ । छोटो भिडियोका चर्चित चिनियाँ भिडियो प्ल्याटफर्म टिकटकले आफ्ना प्रयोगकर्ताका लागि अब पैसा दिने भएको छ ।
छोटो समयमै स्थापित टिकटकले खासगरी चर्चित प्रयोगकर्ता र नयाँ प्रयोगकर्तालाई लक्षित गर्दै यस्तो सुविधाको घोषणा गरेको हो । एक विज्ञप्ति जारी गर्दै कम्पनीले आफ्नो नयाँ घोषणाको लागि करिब २४ अर्ब रुपैयाँ (२० करोड डलर) को कोष बनाउन लागेको सीएनएनले जनाएको छ ।

यो सुविधाले रचनात्मक कन्टेन्टमार्फत प्रगतिको अवसर खोजिरहेका प्रयोगकर्तालाई सहयोग पुग्ने टिकटकले जनाएको छ । टिकटकका अनुसार उक्त कोषबाट यो बर्षको अन्त्यतिर नगद वितरण सुरु हुनेछ । टिकटकका अमेरिका महाप्रबन्धक बेनेसा वैनेसाले एक ब्लगमा यसको जानकार दिएको छ ।
उनले भनेका छन्, ‘राम्रो कन्टेन्ट बनाउने टप प्रयोगकर्तालाई जीविका चलाउन मद्दत गर्ने हेतुले यस्तो योजना ल्याइएको हो । जसका लागि हाल नै २ सय मिलियन करोडको कोष बनाएको हो । यो कोषबाट वर्षको अन्त्यमा पैसा दिन सुरु गरिनेछ ।’ तर प्रयोगकर्तालाई कति पैसा दिने भन्ने बोरे भने केही खुलाएको छैन ।

प्रकाशित मिति: साउन १३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend