Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हङकङ बसेर धरानेलाई सहयोग गर्दै युवा

हाम्रो कोशी आवाज
साउन १३ २०७७, मंगलबार
हङकङ बसेर धरानेलाई सहयोग गर्दै युवा

धरानः केही युवा यस्ता छन्, जसले हङकङ बसेर धरानलाई सहयोग गर्दै आएका छन् ।
हङकङमा बस्ने धरानेले मासिकरूपमा सहयोग गर्दै आएको युवाले बताएका छन् । ‘हङकङ नेप्लिज योथ’ नामक संस्थामार्फत् उनीहरूले धरानेलाई सहयोग गरेका हुन् । गरिब, असहाय, अपाङ्ग आदिलाई यस्तो सेवा गर्दै आएको उनीहरूको भनाइ छ ।
उनीहरूले यसपटकको महिनामा धरानस्थित अपाङ्ग पुनस्थापना केन्द्रलाई सहयोग गरेका छन् । चामल, दाल, नुन, तेललगायतका करिब २५ हजार रूपैयाँको सामग्री प्रदान गरिएको संस्थाका कमानसिंह याम्फुले जानकारी दिए । केन्द्रका अध्यक्ष भीम राईलाई सो सामग्री हस्तान्तरण गरिएको थियो ।
विशेषतः मासिकरूपमा कसै न कसैलाई सहयोग गर्दै आएको याम्फुले बताए । ‘हङकङमा बस्ने साथीभाइहरू हुनुहुन्छ, उहाँहरूले नै सहयोग गर्दै आउनुभएको छ’, उनले थपे, ‘महिनामा एकपल्ट अपाङ्ग, अनाथलगायत गरिब, दुःखीलाई सहयोग गर्दै आएका छौं ।’ उनले यसअघि धरानमै पनि धेरै सहयोग गरिसकेको र बारामा हावाहुरीपीडितलाई पनि सहयोग गरिसकेको बताए ।
फोटोः हाम्रो कोशी आवाज

 

प्रकाशित मिति: साउन १३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend