धरानः गायिका एलिना, रचना र गायक मोहन मगरको आवाजमा तीज गीत (नाचौं आफ्नै पारामा) भिडियो सार्वजनिक नेपाली महिलाहरुको महान् पर्व हरि तालिका तीज नजिकिँदै गर्दा तीज सम्बन्धि गीतहरू सार्वजनिक भइरहेका छन् ।
यही मेसोमा संगीतकार राजेन्द्र बजगाईंको संगीतमा अहिलेका चर्चित गायिका एलिना चौहान, रचना रिमाल, अनु चौधरी र गायक मोहन मगरको आवाजमा यस वर्षको तीज कोशेलीको (नाचौं आफनै पारामा) तीज गीतको भिडियो मेलोडी नेपाल टिभीबाट सार्वजनिक भएको छ । गीतमा शब्द गीतकार.डी.पी खनालको रहेको छ भने ‘संगीतकार राजेन्द्र बजगाईंले’नै उक्त गीतलाई संयोजन गरेका छन् । भिडियोमा तिनै गायिका एलिना, रचना, अनु र गायक मोहन मगर र मोडेल सुरज श्रेष्ठको अभिनय हेर्न पाइन्छ ।