Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बीपी प्रतिष्ठानका डाक्टरकै श्रीमानमा कोरोना, डिस्चार्ज भएकामा पनि पोजेटिभ रिपोर्ट

हाम्रो कोशी आवाज
साउन १४ २०७७, बुधबार
बीपी प्रतिष्ठानका डाक्टरकै श्रीमानमा कोरोना, डिस्चार्ज भएकामा पनि पोजेटिभ रिपोर्ट

धरानः बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा एक डाक्टरका श्रीमान र प्रतिष्ठानमा उपचार पछि डिस्चार्ज भएका एक बिरामीमा कोरोना संक्रमण देखिएको छ । सर्जरी वार्डबाट डिस्चार्ज भइसकेका एक बिरामीको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।
सर्जरी युनिट १ बाट डिस्चार्ज भएका विराटनगरका एक बिरामीमा कोरानो संक्रमण पुष्टि भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । संक्रमित बिरामी निको भएर डिस्चार्ज भएका थिए । रिपोर्ट आएलगत्तै बिरामीको उपचारमा खटिएका डाक्टर, नर्स र नजिकका विरामीहरुको कन्ट्याक ट्रेसिङ भइरहेको उनले बताएका छन् ।
यता त्यस्तै डाक्टरका श्रीमानलाई संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसनमा लगिएको प्रतिष्ठानले जनाएको छ । ‘रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा लगिसकेका छौं,’ प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले भने । संक्रमित व्यक्तिकी श्रीमती प्रतिष्ठानकै डाक्टर हुन् ।

प्रकाशित मिति: साउन १४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend