Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जसले धरानमा पाइन् अढाइ लाखको स्कुटी

हाम्रो कोशी आवाज
साउन १४ २०७७, बुधबार
जसले धरानमा पाइन् अढाइ लाखको स्कुटी

धरानः रेडमुन इन्टरटेन्मेन्टको आयोजनामा गत वर्षको मंसिरमा सम्पन्न प्रदेश नं १ स्तरीय गायन प्रतियोगिता स्टेट १ सिङगिङ आइडल २०७६ का विजेताहरूलाई ढिलै भएपनि बुधबार पुरस्कार वितरण गरिएको छ ।
प्रतियोगिताकी बिजेता झापाकी जस्मिन बराललाई अढाइ लाखभन्दा बढी मूल्यको भेष्पा स्कुटी प्रदान गरिएको हो । स्कुटी कुमार एण्ड सन्स अटो प्रालि धरानको भेष्पा एण्ड अप्रिलिया शोरूम धरानले प्रायोजन गरेको इन्टरटेन्मेन्टका अध्यक्ष रोशन प्रधानले बताए ।
प्रतियोगिताकी दोस्रो उदयपुरकी शोभा तामाङलाई नगद ७० हजार र तेस्रो पाँचथरका समीर महतेलाई ५० हजार प्रदान गरिएको प्रधानले बताए । यस्तै, उत्कृष्ट सहभागिताको एवार्ड बराहक्षेत्रका गोमा कुलुङलाई पुरस्कारवापत १५ हजार प्रदान गरिएको छ । गोमाको लागी सबसारा रिसोर्ट भेडेटारले नगद प्रायोजन गरेको हो ।
विजेताहरूलाई वरिष्ठ गायक दीप श्रेष्ठले पुरस्कार वितरण गरेका छन् । पुरस्कार वितरण कार्यक्रममा विजेता बरालकी बुबा पुरन बराल र आमा देवी बराल, उपविजेता तामाङकी आमा विष्णुकुमारी तामाङ, समाजसेवी किरण श्रेष्ठ, सिल्भर इन्टरटेन्मेन्टका सौरभ श्रेष्ठ, सौगात रिजाल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: साउन १४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend