Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नयाँ अध्ययनः विवाहित जोडीको यौनजीवनबारे यस्तो रहस्य

हाम्रो कोशी आवाज
साउन १७ २०७७, शनिबार
नयाँ अध्ययनः विवाहित जोडीको यौनजीवनबारे यस्तो रहस्य

विवाहलाई हेर्ने हाम्रा अनेक दृष्टिकोणहरू छन् । विवाह एउटा असल जीवनसाथी खोज्ने र व्यावहारिक जीवनतिर प्रवेश गर्ने बाटो पनि हो । तर, योसँगै विवाहले मानिसको यौन जीवन व्यवस्थापनको कामसमेत गर्छ ।
यद्यपि विवाहित जोडीहरूको यौन जीवन सुखद नै हुन्छ भन्नेचाहिँ हुँदैन । आई भिलेजले गरेको एक सर्वेक्षणमा विवाहित जोडीको यौन जीवनबारे केही रहस्यहरू खोतलेको छ ।
अनुसन्धानअनुसार आफ्नो प्रेम हुँदै यौनसम्बन्धसम्म पुगेका ६८ प्रतिशत पुरुषले प्रेमिकासँग विवाह गर्छन् भने ४५ प्रतिशत महिलाले मात्रै आफ्नो प्रेमीसँग विवाह गर्छन् ।
४२ प्रतिशत महिलाले आफ्नो श्रीमानले अनलाइनमा अश्लील सामाग्रीहरू हेरेको थाहा पाउँदैनन् । महिलाहरूले पनि यस्ता सामग्री हेर्छन् । यद्यपि यस्ता सामग्री हेर्नेमध्ये ६३ प्रतिशत महिलाले त्यसबारे कसैलाई जानकारी दिँदैनन् ।
७९ प्रतिशत पुरुष आफ्नी श्रीमती यौन सम्बन्धमा सन्तुष्ट रहेको विश्वास गर्छन् तर करिब ६० प्रतिशत महिलाले मात्रै श्रीमानसँगको यौन सम्बन्धमा सुख प्राप्त गरेको महसुस गर्छन् ।
सो अध्ययनअनुसार ५५ प्रतिशत महिलालाई आफ्नो श्रीमान् आफूसँगको यौन सम्बन्धमा सन्तुष्ट रहेको विश्वास हुन्छ । तर, पत्नीसँगको यौन सम्बन्धबाट सन्तुष्ट हुने पुरुषहरूको संख्या निकै बढी हुन्छ ।
यसैगरी ५२ प्रतिशत महिला र ४९ प्रतिशत पुरुषहरू बच्चा जन्मेपछि आफ्नो यौन जीवन ध्वस्त भएको ठान्छन् । श्रीमतीको तुलनामा श्रीमान् बढी शंकालु हुन्छन् ।
आफ्नी श्रीमतीको अरुसँग सम्बन्ध छ कि भनेर ३४ प्रतिशत पुरुषले श्रीमतीको मोबाइल चेक गर्छन् । तर यसरी श्रीमानमाथि निकै कम महिलाले मात्रै शंका गर्छन् ।

प्रकाशित मिति: साउन १७ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend