Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नयाँ तथ्यः तपाईकै गल्तीले बढिरहेछ भुँडी

हाम्रो कोशी आवाज
साउन १७ २०७७, शनिबार
नयाँ तथ्यः तपाईकै गल्तीले बढिरहेछ भुँडी

धरानः मोटोपनि अहिलेको अधिकांशको समस्या हो । के तपाइँकोपनि भुँडी बढिरहेको छ ? अझ विभिन्न कोशिस गर्दा पनि भुँडी घटिरहेक छैन ? खाना घटाउँदा पनि मोटोपन घटेको छैन ? यदि यी प्रश्नको जवाफ ‘हो’ मा आउँछ भने तपाईले केही गल्ती गरिरहनुभएको छ । हामीले दैनिक जीवनमा गर्ने ४ कारणले हाम्रो मोटोपन र भुँडी नघट्ने तथ्य पत्ता लागेको छ ।
पहिलो कारण दिमाग
धेरै मानिसलाई लाग्छ मोटोपन घटाउने तरिका खाना घटाउनु हो । तर तपाइँको दिमागले यो कुरामा विश्वास गर्दैन । यसकै कारण खाना घटाउन खोजेपनि हामीलाई भोक लागिरहन्छ । अमेरिकाको रकफेलर युनिभर्सिटीका बैज्ञानिकहरुले मोटोपन भएर मानिसले डाइटिङ गरेर शरीर घटेपनि केही समयमै वजन दोब्बर सम्म बढ्ने तथ्य पत्ता लगाएका छन् । मोटोपन घटाएको खुसियालीमा मन लागेका खाना खाँदा मात्रा बढेको चाल नपाउँदा मोटोपन ह्वात्तै बढ्छ ।

खानाको भ्रम
यदि दिमागमा निरन्तर तनाव चलिरहन्छ भने यस्ता मानिसले डाइटिङ गर्दा समेत मोटोपन घटाउन सक्दैनन् । तनावका कारण मानिसको वजन आफै बढ्ने एक अध्यनले देखाएको छ । हामीले खाएको खाना तनावका कारण स्ट्रेस हर्मोनमा परिणत हुने र यसले हाम्रो भुँडी झोलिने बैज्ञानिकहरुको भनाइ छ । तसर्थ टेन्सन लिनु पनि मोटोपन बढाउनु हो ।
दिमागी गतिविधी
हाम्रो दिमागमा कुनै न कुनै कुरा चलिरहेको हुन्छ । यदि तपाइँ डाइटिङ गर्न चाहनुहुन्छ भने तपाइँको नजरमा मिठा मिठा खानेकुरा देखिन थाल्छन् । यो तपाइँको नभएर दिगगकै गतिविधीका कारण हुन्छ । शरीरमा हुने फ्याट हर्मोनले भुँडी झोलिने समस्या हुने बैज्ञानिकहरुले बताएका छन् । यो हर्मोनले हाम्रो दिमाग सम्म शरीरमा कति क्यालोरी छ र कति थप आवश्यक पर्छ भन्ने कुराको सन्देश गलत दिने गर्छ ।
डाइटिङको उल्टो असर
जसले डाइटिङको माध्यमबाट शरीरको तौल घटाउन खोजिरहेको हुन्छ उसले जीवनशैलीमा ध्यान निदिँदा उल्टै वजन बढाउँछन् । खासगरी डाइटिङका नाममा भोकै बस्ने र कुनै बेला अनियमित तरिकाले धेरै खाने भयो भने शरीरमा वजन वृद्धी हुन्छ ।

प्रकाशित मिति: साउन १७ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend