Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

२० वर्ष कटेपछि युवती कस्तो ?

हाम्रो कोशी आवाज
साउन १८ २०७७, आइतबार
२० वर्ष कटेपछि युवती कस्तो ?

धरानः बढ्दो उमेरसँगै युवतीहरुको शरीरमा कयौं परिवर्तन आउँछ । यो क्रममा विभिन्न स्वास्थ्य समस्या पनि हुन्छन्, जसलाई सही समयमा पत्ता लगाई समाधान गर्न पनि सकिन्छ । २० वर्ष उमेर कटेपछि युवतीमा आउने केही परिवर्तनबारे चर्चा गरिएको छ ।
तौल बढ्नु
२० वर्षको उमेरपश्चात युवतीहरुको मेटाबोलिज्म ढिलो हुन थाल्छ । जसको कारण शरिरको तौल बढ्ने गर्छ ।
समाधान
धेरै चिल्लो अनि गुलियो खाना खानबाट बच्नुपर्छ । दैनिक ३० मिनेट हिँड्ने वा कसरत गर्नाले शरीरको तौल नियन्त्रण गर्न सकिन्छ ।
रजस्वला
सामान्यतयाः टिनएजको सुरुवातबाटै रजस्वला चक्र सुरु भएपनि २० वर्षको उमेर पश्चात् यो चक्रको समय हर्मोनल इन्ब्यालेन्सको कारण तलमाथि हुन सक्छ ।
समाधान
खानामा फल र हरियो सागपातको मात्र बढाउनुपर्छ । जसमा भरपुर आइरन, भिटामिन, मिनरल्स र एन्टीअक्सिडेन्ट्स हुन्छ । यसले रजस्वला नियमित गर्न सहयोग गर्छ ।
कपाल
२० वर्षको उमेरपश्चात् युवतीहरुको छाती, पेटमा रौं बढ्न सक्छन् । साथै हर्मोनल परिवर्नको कारण कपाल सुख्खा हुने समस्या देखिन सक्छ ।
समाधान
कपाल हटाउन हेयर रिमुभर क्रिमको वा रेजरको प्रयोग गर्न सकिन्छ । लेजर गरेर सधैको लागि रौं हटाउन सकिने प्रविधि पनि अहिले उपलब्ध भइसकेको छ । साथै सुख्खा कपालको समाधानको लागि ३–४ चम्चा जैतुनको तेलले मालिस गर्न सकिन्छ ।
डण्डिफोर
उमेर बढ्दै जाँदा युवतीको शरीमा हुने हर्मोनल परिवर्तनको कारण डण्डिफोर आउने अनि छाला सुख्खा हुने समस्या देखिनसक्छ ।
समाधान
धेरै तेल वा चिल्लो भएको खाना खानु हुँदैन । दिनमा २–३ पटक सफा पानीले मुख धुन सकिन्छ ।
रोगप्रतिरोध बढ्छ
२० वर्षको उमेर पश्चात् विभिन्न हर्मोनल परिवर्तनको कारण युवतीहरुको रोग प्रतिरोध क्षमता बढ्छ ।
ध्यान दिनुपर्ने कुराः
ओठको रंग यदि गुलावको छैन । यो नरम नभई सुख्खा छ भने कलेजोको समस्या हुन सक्दछ ।
धैरै हिँड्दा मसल स्ट्रेनको कारण खुट्टाको तल्लो भागमा दुखाइ हुन सक्छ । यदि लामो समय यो दुखाइ रहिरहे खुट्टा सुनिन सक्छ, यो ब्लड क्लटको संकेत हुन सक्छ । यदि यस्तो भए डाक्टरको सल्लाह लिनु उचित हुन्छ । –एजेन्सी

प्रकाशित मिति: साउन १८ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend