सुनसरीः अन्ततः सुनसरीको सदरमुकाम इनरुवा, दुहबी र इटहरीमा लकडाउन घोषणा गरिएको जनाइएको छ ।
आकस्मिक बैठकले इटहरी उपमहानगरपालिकामा राति १२ बजेदेखि लागू हुने गरी पाँच दिन लकडाउन गर्ने निर्णय भएको हो ।
यस्तै, सदरमुकाम इनरुवा नगरपालिकामा पनि पाँच दिन लकडाउन घोषणा गरिएको छ भने दुहबी नगरपालिकामा पनि लकडाउन घोषणा गरिएको छ । दुहबीमा भदौ २ गतेसम्म लकडाउन लागू हुने जनाइएको छ । इटहरीका २० वटै वडा क्षेत्र भित्र वुधबार बिहान ७ बजे देखि २५ गते राति १२ बजे सम्म पुर्णरुपमा लकडाउन हुने भएकाे हाे । इटहरीमा केही दिन यता समुदायमा संक्रमण देखिन थालेको छ ।