खोटाङः खोटाङको केपिलासगढी गाउँपालिका–१ का २७ वर्षीय राकेश राईलाई हत्याको आरोपमा पक्राउ गरिएको छ ।
गत २० गते राति पौने ९ बजेको समयमा स्थानीय ५६ वर्षीय जवरधन राईसँग सामान्य विवाद हुँदा रिसको आवेगमा राकेशले नजिकै रहेको दाउराको चिर्पटले प्रहार गर्दा घाइते भएका राईलाई अस्पताल लैजाने तयारी गर्दागर्दै घरमा नै मृत्यु भएको थियो ।
घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले घटना घटाई फरार रहेका राकेशलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
यस्तै, ओखलढुङगाको चम्पादेवी गाउँपालिका–१० का ३६ वर्षीय रोहित ढुङगेल लिखु खोलाले बगाएर बेपत्ता भएका छन् ।
बुधबार दिउँसो १ बजेको समयमा गाई किनेर लिखु खोलाको किनाराको बाटो हुँदै फर्कदै गरेका बाबु छोरा मध्ये छोरा रोहित अचानक चिप्लेर खोलामा खस्दा खोलाले बगाएर बेपत्ता भएका हुन् । बेपत्ता भएको उनीको खोजतलास भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।