Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लकडाउनमै वक्तृत्वकला, लेटाङकी गरिमा अधिकारीले ‘जातीय विभेद र नेपाली समाज’ बारे बोलेर जितिन् १५ हजार

हाम्रो कोशी आवाज
साउन २४ २०७७, शनिबार
लकडाउनमै वक्तृत्वकला, लेटाङकी गरिमा अधिकारीले ‘जातीय विभेद र नेपाली समाज’ बारे बोलेर जितिन् १५ हजार

पथरीः पथरी शनिश्चरेबाट सञ्चालित गरिमा अनलाइन टेलिभिजनले सिल्भर इन्टरटेनमेन्टको सहकार्यमा आयोजना गरेको ‘अनलाइन वक्तृत्वकला प्रतियोगिता २०२०’ मा १४ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै लेटाङ नगरपालिका ,मोरङकी गरिमा अधिकारी प्रथम हुन सफल भएकी छिन् ।
‘जातीय विभेद र नेपाली समाज’ शीर्षकमा आफ्नो कुराहरु भिडियो रेकर्ड गरी पठाउनुपर्ने प्रतियोगितामा युट्युब भ्युअर्ससँगै निर्णायकहरुको पनि उत्तिकै मन जित्नुपर्ने प्रावधान रहेको थियो ।
करिब २ महिनाको अवधिमा मोरङ, ताप्लेजुङ, झापा, सुनसरी, खोटाङ, रामेछाप र बझाङका १५ जना प्रतियोगीहरुले सहभागिता जनाएका थिए । लेटाङकी गरिमा अधिकारीले प्रथम स्थान हासिल गर्दै नगद रु १५,००० र प्रमाणपत्र प्राप्त गरिन् भने दोस्रो स्थान प्राप्त गर्दै ताप्लेजुङकी एलिना दियालीले रु १० हजार र प्रमाणपत्र प्राप्त गरिन् । त्यस्तै, स्पष्ट वक्ताको उपाधीसँगै नगद रु ५ हजार र प्रमाणपत्र रामेछापकी पवित्रा खड्काले, प्रखर वक्ताको उपाधीसँगै नगद रु ५ हजारर प्रमाणपत्र मोरङ पथरीशनिश्चरेकी सुप्रिया खड्काले र बेस्ट पब्लिक स्पिकरको उपाधीसँगै रु ५ हजार र प्रमाणपत्र विराटनगरको अष्टिन कार्कीले प्राप्त गरे ।
यस कार्यक्रमको निर्णायक मण्डलीमा वरिष्ठ अधिवक्ता डा. देउमान सम्वाहाम्फे , नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकर, पथरी बहुमुखी क्याम्पस प्रमुख चेतन पौडेल, मिस कस्मोपोलिटियन वल्र्ड २०१९ प्रिया रानी लामा र मोटिभेसनल स्पिकर सुरेश राई रहेका थिए ।
कोरोना संक्रमण न्युनीकरण गर्न घरमा नै बसेका युवा वर्गहरुले खाली समयलाई बौद्धिक कार्यमा सदुपयोग गर्ने उत्प्रेरणा मिलोस् भन्ने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको र भविष्यमा पनि यस्तै किसिमको अन्य कार्यक्रमहरु गर्दै जाने आयोजक गरिमा अनलाइनका प्रबन्ध निर्देशक सुमन कुरुम्बाङले बताए ।
कोरोना संक्रमणको वर्तमान अवस्थालाई मध्यनअजर गर्दै अनलाइन लाइभद्वारा नै नतिजा सार्वजनिक कार्यक्रम आयोजना गरिएको थियो ।

प्रकाशित मिति: साउन २४ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend