धरानः नेपाल आइडलका पहिलो सिजनका फस्ट रनरअप गायक निशान भट्टराईले विवाह गरेका छन् ।
गायक भट्टराईले प्रेमिका ऋचा न्यौपानेसँग कानुनी विवाह गरेका हुन् । कृष्ण जन्माष्टमीको दिन उनले विवाह गरेका हुन् । पछिल्लो समय गायक भट्टराईका गीत चर्चित रहेका छन् । उनले गाएका ‘के माया लाग्छ र’ बोलको गीत अहिले सर्वाधिक चर्चामा रहेको छ ।
प्रेमिका ऋचा न्यौपानेले केही समय अगाडिमात्र आफ्नो टिकटकमा गायक भट्टराईसँगको भिडियो अपलोड गरेकी थिइन् । नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष अधिवक्ता रमेश हुमागाईले निशानको विवाह गराएका हुन् ।
नेपाल आइडलको पहिलो सिजनमा दोस्रो भएका निशान गएको दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । निशानले प्रेमिका न्यौपानेसँग ‘लाहुर जाने रेल’ बोलको गीतमा अभिनय गरीसकेका छन् ।