धरानः अमेरिकास्थित जर्जिया विश्व विद्यालयले भने एउटा अनौठो स्वास्थ्य सम्बन्धी सल्लाह दिएर सो आरोप खण्डन गरेको छ ।
विश्व विद्यालयले केहीदिनअघि विश्व विद्यालयको स्वास्थ्य केन्द्रको बेवसाइडमा ‘कोभिड १९ सम्बन्धी सूचना’ प्रकाशित गरेको थियो । जसमा सेक्सको समयमा अनुहारमा मास्क लगाउन सुझाव दिइएको थियो । सो सूचनामा लेखिएको थियो, ‘सेक्सको समयमा लामो र छिटो छिटो स्वास फेर्ने गर्दा कोरोना भाइरसको फैलावट बढ्न सक्छ जसलाई मास्क लगाएर कम गर्न सकिन्छ ।’
त्यो बेवसाइडमा मानिसहरुलाई ‘सोलो सेक्स’ का लागि प्रोत्साहित गरिएको छ । यसको व्याख्या गर्नेहरुले विश्वविद्यालयले सायद हस्तमैथुन गर्न भनेको हुनुपर्छ भनेर व्याख्या गरेका छन् । त्यसैगरी, सो सूचनामा आफ्ना सबैभन्दा सुरक्षित यौनसाथीसँग मात्र सहबास गर्न समेत सुझाव दिएको छ । त्यहाँ उल्लेख गरिएको अर्को रोचक कुरा त यो छ की, मानिसहरुलाई ‘यौनजन्य गतिविधी शुरु गर्नुभन्दा अघि र पछि २० सेकेन्डसम्म मिचीमिची हात धुन’ भनिएको छ ।
यो सूचनाबारे मानिसहरुले सामाजिक सन्जालमा हाँसो र ठट्टा शुरु गरेपछि भने जर्जिया विश्वविद्यालयले यो सूचना आफ्नो साइटबाट हटाएको छ । उता, यो सूचना हेरेपछि यूनिभर्सिटी अफ मेरिल्याण्डले जर्जियिा विश्व विद्यालयको धारणप्रति असहमति जनाउँदै भनेको सेक्सको समयमा मास्क लगाउँदा कोरोना भाइरसको संक्रमणबाट बच्न नसकिने र यदि कोही एक जनामा संक्रमण भए अर्कोलाई सर्नेकुरा आफ्नो बेवसाइडमा उल्लेख गरेको छ । –एजेन्सी
