धरानः विगत लामो समयदेखि अमेरिकामा बसेर नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील गायक रमेश कँडेलले ‘फेसबुकमा’ बोलको म्युजिक भिडियो बजारमा ल्याएका छन् ।
रमाइलो डान्सिङ शैलीको यस गीतमा स्वर रमेश कँडेलको रहेको छ भने शब्द दिपेश चापागाईको रहेको छ । गोविन्द हुमागाईले संगीतबद्ध गरेको यस गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् ।
म्युजिक भिडियोमा सुनिल क्षेत्री र सिम्पल खरेलको जोडी देख्न सकिन्छ । भिडियोलाई नेपाली ठिटो समूहले कोरियोग्राफी गरेका हुन् । नवराज उप्रेतीले छायांकन गरेको यस भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् । चर्चित भिडियो निर्देशक सुनिल क्षेत्रीको निर्देशनमा भिडियो तयार पारिएको हो । गायक कमल खत्रीको अफिसिएल च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो ।
निरन्तर राम्रा गीत संगीतमार्फत संगीतप्रेमी माझ आफ्नो बेग्लै परिचय बनाउन सफल गायक कडेलका यसअघि ‘मायालु’, ‘देख्न पाउँ’, ‘इमेल इन्टरनेट’, ‘सरर हावा’ लगायतका दर्जनौ गीतहरु सार्वजनिक भैसकेका छन् । कोरना कहर बीच गीत संगीत प्रेमीहरुलाई मनोरन्जन प्रदान गर्न सार्वजनिक गरिएको यस भिडियोलाई माया गरिदिन निर्माण टिमले सम्पूर्ण दर्शक, श्रोतालाई अनुरोध गरेका छन् । -इमेलमार्फत्
