धरानः अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले कुखुराको मासुमा पनि कोरोना भाइरस जनाएको छ ।
ब्राजिलबाट चीनको सेन्जेन ल्याइएका फ्रोजन गरिएको कुखुराको पखेटामा कोरोना भाइरस भेटिएको अधिकारीले बताएको समाचार संस्था सिएनएनमा छ । आयातित खाद्यवस्तुको स्क्रिनिङका क्रममा बुधबार कुखुराको पखेटाको नमुना लिएर परीक्षण गर्दा कोरोना भाइरस पाइएको हो ।
समाचार संस्था रोयटर्सका अनुसार त्यसको सम्पर्कमा आएका व्यक्तिको परीक्षण गर्दा उनीहरूमा भने संक्रमण नपाइएको सेन्जेनका स्वास्थ्य अधिकारीले बताएका छन् । कोरोना भेटिएको ब्रान्डका अन्य उत्पादनको पनि खोजी भइरहेको र ब्राजिलबाट आयात गरिएको चिकन विंग्स स्टोर गरिएका स्थानलाई निर्मलीकरण गरिररहेको पनि अधिकारीले जनाएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार खाद्यवस्तुबाट कोरोना सर्ने सम्भावना निकै कम छ ।