Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा बोरामा बाँधेर फालिएको अवस्थामा युवकको शव फेला

हाम्रो कोशी आवाज
साउन ३१ २०७७, शनिबार
सुनसरीमा बोरामा बाँधेर फालिएको अवस्थामा युवकको शव फेला

सुनसरीः सुनसरीको भोक्राहा नरसिंह–५ मा एक युवकको शव बोरामा हालेर फालिएको अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले बोरामा बाँधेर पानीमा फालिएको अवस्थामा शव भेटिएको बताए । बिहीबारदेखि हराइरहेका नरसिंह–७ बस्ने २२ वर्षका गुणराज यादवको शव भोक्राहा नरसिंह–५ झोलुङ्गे पुलनजिक सुनसरी खोलामा प्लाष्टिकको बोरामा बाँधेर पानीमा फालिएको अवस्थामा शव भेटिएको थियो ।
शवको प्रकृति हेर्दा कसैले हत्या गरेर फालेको हुन सक्ने उनले बताए । यादवको हत्या आशंकामा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शवको प्रकृति हेर्दा मृतकको कान काटिएको र टाउकोमा गहिरो चोट देखिएको उनले जानकारी दिए । उनको हात र खुट्टा समेत डोरीले बाँधिएको अवस्थामा फेला परेको उनले जानकारी दिए ।

प्रकाशित मिति: साउन ३१ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend