Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अगस्टको अन्त्यसम्ममा कोरोना खोप बजारमा ल्याउने रुसको दावी

हाम्रो कोशी आवाज
साउन ३२ २०७७, आइतबार
अगस्टको अन्त्यसम्ममा कोरोना खोप बजारमा ल्याउने रुसको दावी

धरानः विश्वमा सबैभन्दा पहिले आफूले सफल कोरोना खोप बनाएको दाबी गरेको रुसले यसको पहिलो खेप उत्पादन गरिसकेको जनाएको छ ।
यसको केही घण्टाअघि रुसको स्वास्थ्य मन्त्रालयले आफ्नो मुलुकले कोरोना खोप उत्पादन सुरु गरेको जानकारी दिएको थियो । यही महिना (अगस्ट) को अन्त्यसम्ममा कोरोना खोप बजारमा आइसक्ने रुसले जनाएको छ।
तेस्रो चरणको परीक्षण गर्नुअघि नै खोपलाई रुसी स्वास्थ्य मन्त्रालयले स्वीकृति दिइसकेको छ । तेस्रो चरणको परीक्षणमा हजारौं मानिसले खोप लगाउनेछन्। खोप उत्पादनको अनुमतिका लागि यो चरण महत्वपूर्ण मानिन्छ ।
रुसले खोपको नाम स्पुतनिक राखेको छ । यो विश्वमा सबैभन्दा पहिले ऊ आफैंले बनाएको उपग्रहको नाम हो । त्यसैको सम्मान खोपको नाम पनि त्यही राखेको हो ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना देशका वैज्ञानिकले बनाएका कोरोनाविरुद्धको खोप सबै दृष्टिले सुरक्षित र प्रभावकारी प्रमाणित भएको, आफ्नो छोरीले समेत लगाउँदा राम्रो परिणाम देखिएको दाबी गरेका छन् । एजेन्सी

प्रकाशित मिति: साउन ३२ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend