Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धेरै नेपाली पुगेको अष्ट्रेलियामा बेरोजगारी बढ्यो

हाम्रो कोशी आवाज
साउन ३२ २०७७, आइतबार
धेरै नेपाली पुगेको अष्ट्रेलियामा बेरोजगारी बढ्यो

अष्ट्रेलियाः धेरै संख्यामा नेपाली अध्ययन तथा रोजगारका लागि जाने गरेको देश अष्ट्रेलियामा बेरोजगारको संख्या थप बढ्दै गएको देखिएको छ ।
पछिल्लो दुई महिना जुन र जुलाईमा १६ हजार जना अष्ट्रेलियाली नागरिक बेरोजगार थपिएका छन् । जुन र जुलाईको यो तथ्यांकसहित यहाँ बेरोजगारको संख्या करिब दश लाख पुगेको पनि प्राप्त समाचारमा जनाइएको छ ।
अष्ट्रेलियाको तथ्यांक विभागका प्रमुख बिजोर्न जेभिसले सो कुराको जानकारी दिए । उनले अष्ट्रेलियामा कोभिड १९ को संक्रमणका कारणले पछिल्लो समयमा बेरोजगारहरूको संख्या बढ्दै गएको छ र पछिल्लो चरणमा यो समस्या झन् बढ्दो रुपमा रहेको छ ।
अष्ट्रेलियामा पहिलो पटक यति धेरै संख्यामा बेरोजगारहरूको संख्या देखिएको हो । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा विश्वकै महामारीका रुपमा कोरोना भाइरसलाई घोषणा गरेको थियो । विश्वमा दुई करोडभन्दा बढी नागरिक यस संक्रमणबाट संक्रमित भएका छन् भने सात लाखभन्दा बढीको ज्यान गइसकेको छ । यता अष्ट्रेलियामा भने यसबाट २२ हजार नागरिक संक्र्रमित भएका छन् । त्यस्तै यहाँ ३६० भन्दा बढीको ज्यान गएको बताइएको छ ।

प्रकाशित मिति: साउन ३२ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend