Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका क्याम्पसमा अनिश्चिकालीन ताला

हाम्रो कोशी आवाज
भाद्र १ २०७७, सोमबार
धरानका क्याम्पसमा अनिश्चिकालीन ताला

धरानः धरानका क्याम्पसमा अनिश्चितकालीन ताला लागेको छ ।
धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा यसअघि प्राध्यापकले ताला लगाएको र फेरि त्यहाँ नेविसंघले तालाबन्दी गरेको नेविसंघका सुनसरी क्षेत्र नं. १ सचिव विनोद आलेमगरले जानकारी दिए । उनका अनुसार देशभरको विरोध प्रदर्शन र तालाबन्दी कार्यक्रमअन्तर्गत आज (सोमबार) धरानका सबै कलेजमा ताला लगाइएको जानकारी दिए । धरानका हात्तिसार, इन्जिनियरिङ, पिण्डेश्वरी क्याम्पसलगायतमा पनि ताला लगाइएको उनले जानकारी दिए ।
नेविसंघले हकहितका सम्बन्धमा उठाएका मागहरू सम्बन्धमा त्रिवि पदाधिकारीहरूसँग वार्ताको पहल गर्न जाँदै गर्दा विद्यार्थी नेताहरू पक्राउको विरोधमा तालाबन्दी गरिएको उनले जानकारी दिए ।
यस्तै, वीरगन्जमा कोरोना संक्रमितको उपचारमा भएको लापरवाहीविरुद्ध संक्रमणकै कारणबाट मृत्यु भएकालाई क्षतिपुर्ति र नियमित स्वास्थ्य सेवा सुचारुको माग राख्दा पक्राउ परेका विकास तिवारीलाई रिहा गर्नुको सट्टा झुटो मुद्दा लगाइ फँसाएको नेविसंघको आरोप छ । उनले भोलि भानुचोकमा भानुचोकमा १० जना उभिएर सांकेतिक विरोध प्रदर्शन गर्ने कार्यक्रम पनि रहेको जानकारी दिए । विद्यार्थी हकहित र विश्वविद्यालयको प्राज्ञिक स्तरोन्नतिका लागि नेविसंघले गरेको शान्तिपुर्ण आन्दोलनमा सरकारले गरेको दमन प्रति नेविसंघ केन्द्रीय समितिले भर्त्सना जनाएको हो । लोकतान्त्रिक पद्धतिभित्र रहेर गरेको शान्तिपूर्ण प्रदर्शनकमा क्रममा गिरफ्तार गरिएको नेविसंघको ठहर छ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार र रेक्टरको कार्यालयमा तोडफोडको आरोपमा सम्झना खत्री, संजय चौधरी, हरीप्रसाद जोशी, रामबहादुर थामी, रमेश कुवँर,बिष्णु बडैला, मनोज कुवँर लगायतपक्राउ परेका छन् । विद्यार्थीहरुको तुरुन्त रिहाइको माग नेविसंघले गरेको छ ।
विद्यार्थीहरुलाई अविलम्ब रिहाइ नगरे सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएको छ । यसअघि नेविसंघले उपकुलपति कार्यालयलगायतमा ताला लगाएको थियो।

प्रकाशित मिति: भाद्र १ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend