Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘आयो के माया लाग्छ र’ पछि ‘के हात धुन्छौ र ?’ (भिडियोसहित)

हाम्रो कोशी आवाज
भाद्र १ २०७७, सोमबार
‘आयो के माया लाग्छ र’ पछि ‘के हात धुन्छौ र ?’ (भिडियोसहित)

धरानः
के हात धुन्छौ र?
साबुन पानीले धुन्छु नि
कतिबेला धुन्छौ र?
छिनछिन मै धुन्छु नि।
पछिल्लो समय जनजिब्रोमा झुन्डिएको गीत हो, ‘के माया लाग्छ र?’
चर्चित कलाकार मुकुन भुसाल र सुरविना कार्कीको अभिनयमा यो गीत बजारमा आएपछि सबैले मन पराए।
कोरोना महामारी सुरु भएपछि कोभिड–१९ संक्रमण रोकथाम गर्ने सन्देशको रुपमा यो गीतको सहारा लिइएको छ।
‘मे माया लाग्छ र?’ गीतका गायक निशान भट्टराइ र एलिना चौहानको स्वर तथा भुसाल र कार्कीको अभिनयमा ‘के हात धुन्छौं र?’ बोलको गीत सार्वजनिक गरिएको हो ।
युनिसेफ, यूएसएड र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले कोरोना महामारीबारे जनचेतना जगाउने उद्देश्यले ल्याएको यो गीतमा कोरोना संक्रमणबाट बँच्न हात धुनुपर्ने र सामाजिक दूरी अपनाउनु पर्ने सन्देशलाई गीतमार्फत् बुझाइएको छ।
तीन उपाय अपनाएर कोरोनाबाट बँच्न सकिन्छ भन्ने सन्देशसहित सो भिडियो सार्वजनिक गरिएको छ।
बेलाबेलामा साबुन–पानीले मिचिमिचि २० सेकेन्डसम्म हात धोएर, व्यक्ति–व्यक्तिबीच कम्तीमा २ मिटरको दुरी कायम राखेर र घरबाहिर निस्कँदा मास्क लगाएर कोरोनाबाट टाढै रहन सकिने जानकारी गीतमा झल्काइएको छ।
यस्तो छ हात धुने गीत
के हात धुन्छौं र ?
साबुन पानीले धुन्छु नि
कतिबेला धुन्छौं र?
छिनछिन मै धुन्छु नि।
घरमा बस्दा, अफिस बस्दा सधै धुन्छु हात,
कोरोनालाई यसैगरी भगाइ दिन्छु म त।
भान्छा छिर्नु अगाडि, खाना खानु अगाडि
जहातहीँ छोएपछि, हातले छोपी खोकेपछि
के हात धुन्छौं र?
साबुन पानीले धुन्छु नि
कतिबेला धुन्छौं र?
छिनछिन मै धुन्छु नि।

प्रकाशित मिति: भाद्र १ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend