Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नयाँ अध्ययनः बिहान उठ्नेवित्तिकै मोबाइल चलाउँदा विभिन्न असर

हाम्रो कोशी आवाज
भाद्र ३ २०७७, बुधबार
नयाँ अध्ययनः बिहान उठ्नेवित्तिकै मोबाइल चलाउँदा विभिन्न असर

अहिलेको समयमा मोबाइल फोन हाम्रो जीवनको अभिन्न हिस्सा बनिसकेको छ । हरेक समय हामी फोन प्रयोग गरिरहेका हुन्छौं ।
मोबाइलसँग यति जोडिएका छौं, राति सुत्नु अघिसम्म मोबाइल स्क्रिनमै हराउने हामी बिहान उठ्नासाथै फोन मात्र देख्छौं । ब्युँझनेबित्तिकै फोन चलाउने हाम्रो बानी भइसकेको छ । तर अध्ययनहरुले यसरी बिहान उठ्नासाथ मोबाइल चलाउँदा विभिन्न प्रकारका असर निम्तन सक्ने देखाएका छन् ।
पछिल्लो समय बेलायतमा करीब दुई हजार व्यक्तिमा गरिएको सर्वेक्षणबाट बिहान उठे लगत्तैमोबाइल फोन प्रयोग गर्ने व्यक्तिहरुको दिनको शुरुआत तनावबाट हुने पाइएको छ । जसका कारण उनीहरुलाई आफ्नो नियमित काम गर्न असहज हुन्छ । विज्ञहरुका अनुसार, उठ्ने बित्तिकै जब हामी मोबाइलको नोटिफिकेशन देख्छौं, मस्तिष्कले त्यही विषयमा सोच्न थाल्छ । जसको कारण हाम्रो ध्यान दोस्रो काममा जाँदैन । त्यसले हाम्रो कार्यक्षमतामा असर पुरयाउँछ ।

बिहान उठ्नासाथ जब हामी कुनै विषयमा सोच्छौं, लगातार त्यसबारे सोच्दा हामीलाई तनाव र व्याकुलता हुन थाल्छ । बिहान कतिपय व्यक्तिको रक्तचाप बढेको अवस्थामा हुन्छ, यस्तोमा धेरै तनाव लिंदा रक्तचाप थप बढ्न सक्छ । जसका कारण विभिन्न स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन सक्छ ।
बिहान मोबाइल चलाउँदा हामी सामान्यतयाः इमेल वा सोसल मिडियाको नोटिफिकेशनमै आँखा लगाइरहेका हुन्छौं, त्यस क्रममा हामी बितेका समयका कुरा पढिरहेका हुन्छौं । हामी आफ्नो वर्तमान बिर्सेर अतीतमा हराउन थाल्छौं । जसले गर्दा तपाईंको दिनको शुरुआत राम्रो हुँदैन । विज्ञहरु बिहान उठे लगत्तै मोबाइल फोन नचलाउन सुझाव दिन्छन् । तपाईं दिनको शुरुआत योग वा ध्यानबाट गर्न सक्नुहुन्छ । त्यसले मन र मस्तिष्कमा शान्ति र ऊर्जा भर्छ र तपाईं आफ्नो दैनिक काम प्रभावकारी ढंगले गर्न सक्नुहुन्छ । –एजेन्सी

प्रकाशित मिति: भाद्र ३ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend