Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चीनले कोरानाको खोप वर्षको अन्त्यसम्मा बजारमा ल्याउने तयारी

हाम्रो कोशी आवाज
भाद्र ३ २०७७, बुधबार
चीनले कोरानाको खोप वर्षको अन्त्यसम्मा बजारमा ल्याउने तयारी

धरानः चीनले कोरोना भाइरस विरुद्धको खोप बजारमा ल्याउने घोषणा गरेको छ ।
चीनको कम्पनी सिनोफार्मले खोपको तेस्रो चरणको परीक्षण चलिरहेको बताइएको छ । बीबीसीका अनुसार यो वर्षको अन्तिमसम्म खोप आइसक्नेछ । सिनोफार्म कम्पनीले बनाइरहेको खोपको तेस्रो चरणको परीक्षण संयुक्त अरब इमिरेट्स यूएईमा चलिरहेको छ । सिनोफार्मका प्रमुख लिउ जिंगझेन आफैले पनि परीक्षणका लागि खोप लागएको र अहिलेसम्म कुनै नकारात्मक असर नगरेको बताए ।
चीनको बेइजिङ र वुहानमा एक वर्षमा क्रमश १० दशमलव २ करोड र १० करोड डोज खोप उत्पादन गर्ने प्रयोगशाला रहेको चीनले दाबी गरेको छ । अहिले विश्वमा झण्डै २ सय वटा कोरोना भाइरस विरुद्धको खोपको परीक्षण चलिरहेको छ भने २० भन्दा धेरै मानव परीक्षणको चरणमा रहेका खबरमा उल्लेख छ ।

प्रकाशित मिति: भाद्र ३ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend