धरानः अस्पताल भर्ना भएका र गम्भीर बिरामी परेका कोरोना भाइरस संक्रमितहरूको उपचारमा प्रयोग भइरहेको एउटा औषधिको नेपालमा पनि परीक्षण सुरु गर्न लागिएको अधिकारीहरूले बताएका छन् । सो औषधि केही अघिदेखि नै नेपालका कतिपय चिकित्सकले बिरामीका लागि सिफारिस गरेको र महँगो मूल्यमा खरिदबिक्री समेत भइहरेको विवरणहरू सार्वजनिक भएका छन् ।
सरकारी अधिकारीहरूले पनि त्यसबारे आफूहरूलाई पनि जानकारीमा आएको र त्यसो गर्न नमिल्ने बताएका छन् । उनीहरूका अनुसार उक्त औषधि परीक्षणका लागि तोकिएको अस्पताल र चिकित्सकहरूले बिरामीको लिखित पूर्वस्वीकृतिमा मात्र प्रयोग गर्न सक्नेछन् ।
औषधि कुन हो ?
नेपालमा कतिपय बिरामीका लागि हाल महँगो मूल्यमा किनिएको भनिएको औषधि इबोला भाइरसको उपचारका लागि विकास गरिएको रेम्डेसिभीर हो ।
विभिन्न देशहरूमा त्यसको परीक्षण भइरहेको छ । सुरुमा सो औषधिलाई अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले कोरोनाभाइरस सङ्क्रमणको उपचारमा आकस्मिक औषधिका रूपमा प्रयोग गर्न स्वीकृति दिएको थियो। अमेरिकी कम्पनी गिलियडले उत्पादन गर्ने उक्त औषधिलाई विश्वका विभिन्न देशहरूका कम्पनीहरूले पनि उसकै स्वीकृतिमा उत्पादन गरिरहेको जानकारहरू बताउँछन् ।
सो औषधिको विश्व स्वास्थ्य सङ्गठनको सोलिड्यारिटी ट्रायल अर्थात् ऐक्यबद्धता परीक्षण अभियानमा परीक्षणमा नेपाल पनि सहभागी हुने तय भएको थियो। तर, सङ्गठनले हाल नेपाललाई उक्त औषधिको अभावमा तत्कालै उपलब्ध गराउन नसक्ने जनाएपछि सरकार आफैँले परीक्षण गर्न लागेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्रुका पदाधिकारीले जनाएका छन् ।
५ वटा देशको खोप चाँडै आउने सम्भावना
कोरोना भाइरस खोप विश्वमा सबैभन्दा पहिलो बन्ने खोपमा दर्ता हुने भएको छ । यसभन्दा अघि स्क्रोफुला रोगको लागि खोप सबैभन्दा कम समयमा तयार पारिएको थियो । जसमा पनि ४ वर्ष लागेको थियो ।
कोरोना भाइरस देखिएको एक वर्ष पनि नपुग्दै दुई दर्जन बढी भ्याक्सिनहरू निर्माणका अन्तिम चरणमा पुगेका छन् । केही खोपहरू पनि परीक्षणको सफल चरणमा पुगेका छन् । धेरै देशहरूमा खोपहरू बनाउने प्रतिस्पर्धा पनि शुरु गरेका छन । रसिया, चीन, अमेरिका, बेलायत र भारत उनीहरूको स्वदेशी खोप बनाउने अन्तिम चरणमा छन् । यी देशहरूले अन्य देशलेभन्दा अलि चाँडो खोपका विकास गरेर महाव्यादीको संकटलाई हटाउलान ?
रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले समेत कोरोना भाइरसको पहिलो खोपको सफलतापूर्ण विकास गरेको घोषणा गरिसकेका छन । रूसले विश्वको पहिलो कोरोना खोप बनाएको दावी गरेका छ । ११ अगस्तमा उनले खोपको बारेमा आफ्नै छोरीलाई सफलतापूर्वक परीक्षण समेत गरेको कुरा सम्पूर्ण विश्वलाई बताए ।
रूसी राष्ट्रपतिले गरेको घोषणालाई समर्थन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि तीन खोपहरू परीक्षणको बिभिन्न चरणमा रहेको बताएका छन् । वैज्ञानिकहरूबाट खोपका बारेमा ग्रिन सिग्नल पाउने बित्तिकै यसको मास उत्पादनको लागि तयारी शुरु मोदीले घोषणा गरेका थिए । हामीले छोटो समयमा देशका जनतासम्म कसरी पुग्ने भनेर रोडमैप पनि बनाएका उनले भने । तीन भारतीय कम्पनीहरूले बायोटेक इन्टरनेसनल, जाइडस क्याडिला र भारतको सीरम कर्पोरेसनले खोप उत्पादनमा लागि परेका छन् ।
भारत बायोटेक कम्पनीले भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर) का साथ काम गरिरहेको छ । यसले बनाइरहेको खोपको पनि परीक्षण भइरहेको छ । अर्कोतर्फ जाइडस क्याडिला मानव क्लिनिकल परीक्षणको पहिलो र दोस्रो चरणमा पुगेको छ । सीरम इस्टिच्यूटले खोपको चरण २ र ३ को परीक्षण सुरु गर्न लागेको छ । पुणे स्थित कम्पनीले एस्ट्राजेनेकासँग यो खोप निर्माण गर्न सहयोग पु¥याएको छ ।
-बीबीसी/एजेन्सी