धरानः भगवान विष्णुको अवतारका रुपमा पूजा गरिने स्वर्ण कछुवा नेपालमा फेला परेको छ ।
विश्वभर यो प्रजातिको कछुवा देखा परेको यो पाचौँ पटक हो । भगवान विष्णुले पृथ्वीलाई ध्वस्त हुनबाट जोगाउनका लागि स्वर्ण कछुवाको रुप धारण गरेको पौराणिक कथन छ । स्वर्ण कछुवा धनुषाको धनुषाधाम नगरपालिकामा फेला परेको हो ।
जनवार विज्ञ कमल देवकोटोकाले यो प्रजातीको कछुवा नेपालमा पहिलो पटक र विश्वमै पाँचौ पटकमात्रै फेला परेको बताएका छन् । कछुवाको रुपमा विष्णुले धारण गरेको अवतारलाई कुर्म अवतार भनिने पौराणिक कथन छ ।