Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘३६ घण्टा’ सार्वजनिक, ब्रेकअप हुनेलाई पनि फाइदा !

हाम्रो कोशी आवाज
भाद्र ६ २०७७, शनिबार
‘३६ घण्टा’ सार्वजनिक, ब्रेकअप हुनेलाई पनि फाइदा !

धरानः ‘के गरौ भन’ पश्चात आफ्नो दोस्रो अफिसिएल म्युजिक भिडियो ‘३६ घण्टा’ लिएर गायक आशिष पोखरेल आएका छन् ।
एकअर्काको भावना नबुझ्दा, एक अर्काप्रति शंकाको भावना लगायतका विभिन्न कारणले प्रेम गर्ने जोडीबीच ब्रेकअप हुन्छ । ब्रेकअप हुनु राम्रो त होइन तर, ब्रेकअप हुँदैमा सबै सकियो भन्ने पनि होइन । ब्रेकअपपछि पनि पाउन सकिने फाइदाको बारेमा यस गीतमा बताइएको छ । गीतमा स्वर, शब्द र संगीत स्वयम गायक आशिष पोखरेलको रहेको छ भने पुष्प संगमले यस गीतलाई संगीत संयोजन गरेका हुन् ।
म्युजिक भिडियोमा स्वयम गायक आशिष पोखरेलको अभिनय रहेको छ । विक्रान्त रेग्मीले छायांकन गरेको भिडियोलाई सन्देश शाहले सम्पादन गरेका हुन् । रामप्रसाद चौधरीले कलरिङ गरेको भिडियोमा भीएफक्स बसन्त घर्ति मगरले गरेका हुन् । आरजु बैजुले कोरियोग्राफी गरेको भिडियोलाई शिशिर खातीको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो । यसघिका गीत संगीत जस्तै यस म्युजिक भिडियोलाई माया गरिदिन गायक पोखरेलले सम्पूर्ण संगीतप्रेमीहरुमा अनुरोध गरेका छन् । -इमेलमार्फत्

https://youtu.be/dmDcxGqH-o8

प्रकाशित मिति: भाद्र ६ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend