Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘नाई मलाई त्यही केटा चाहिन्छ’ भन्दै युवती धर्नामा बसिन्

हाम्रो कोशी आवाज
भाद्र ७ २०७७, आइतबार
‘नाई मलाई त्यही केटा चाहिन्छ’ भन्दै युवती धर्नामा बसिन्

धरानः विश्वभर हर समय नयाँ र अनौठा घटनाहरु हुने गर्छन् । यस्तै एक घटना अहिले बाहिर आएको छ । भएको के भने प्रेमीले आफूसँग बिहे गर्नुपर्ने माग गर्दै भारतको पञ्जाब राज्यमा एक युवतीले जे गरिन् त्यो गज्जब थियो । त्यहाँको जालन्धरकी एक युवती धर्नामा बसेकी छन् । भारतीय सञ्चारमाध्यमहरुमा आएको खबर अनुसार डेनिसमन्डाको रसिला नगरकी ती महिला दुई दिनदेखि धर्नामा बसेकी हुन् ।
आफूसँग बिहे नगरेसम्म धर्ना जारी राख्ने उनले अडान लिएकी छिन् । तर युवकका परिवारले त्यसबारे जानकारी नभएको भन्दै भाग्न खोजेको देखिन्छ । विगत ५ वर्षदेखि आफूहरुको प्रेम सम्बन्ध रहेको बताउने ती युवतीले केटाको परिवारले आफूहरुको प्रेमलाई स्वीकार नगरेको आरोप लगाइन् ।
आफूले बिहेको बारेमा कुरा गर्न खोज्दा बिहे गर्न नमान्ने गरेकाले प्रहरीमा समेत उजुरी दिएको उनले स्पष्ट पारेकी छिन् । तर प्रहरीले समेत कुनै छानविन नथालेकाले बाध्य भएर केटाको घरबाहिर धर्नामा बस्नु परेको बाध्यता उनले सुनाइन् । उनले आफूहरु गएको पाँच वर्षदेखि प्रेम सम्बन्धमा रहेको पनि बताएकी छिन् ।

प्रकाशित मिति: भाद्र ७ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend