Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोनाः शरीरमा प्रतिरोधात्मक शक्ति बढाउन के खाने के नखाने ?

हाम्रो कोशी आवाज
भाद्र ९ २०७७, मंगलबार
कोरोनाः शरीरमा प्रतिरोधात्मक शक्ति बढाउन के खाने के नखाने ?

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसबाट बच्नका लागि भौतिक दुरी कायम गर्ने, आफ्नो प्रतिरोधात्मक क्षमता बढाउने लगायतका सुझावहरु चिकित्सकहरुले दिइरहेका छन् ।
यदि कुनै पनि व्यक्ति कोरोना भाइरस लागेका खण्डमा जुन मानिसको प्रतिरोधात्मक क्षमता बढी हुन्छ, त्यस व्यक्ति कोरोना मुक्त हुन सम्भावना बलियो हुने विभिन्न अध्ययन तथा अनुसन्धानले देखाएको छ ।
यस्तै, कोरोना भाइरसबाट टाढा रहन र बच्न प्रतिरोधात्मक क्षमता कसरी बढाउने त ? साथै, प्रधिरोधात्मक क्षमता बढाउनका लागि के खाना हुन्छ र हुँदैन ? यस विषयमा सबैभन्दा मानिसले आफ्नो जीवनशैलीमा ध्यान दिन आवश्यक छ ।
के-के खाने ?
कोरोना महामारी फैलिएसँगै लकडाउनले गर्दा कतिपय मानिसले दुई छाक टार्न नसकेको अवस्था छ । तै पनि साधारण घरेलु खानाले हाम्रो प्रतिरोधात्मक क्षमता बढाउने हुनाले खानामा धेरै ध्यान दिन आवश्यक छ । यी तलका खाने कुरामा तपाई ध्यान दिनुहोस र क्षमता बढाउनुहोस् ।
१. सकेसम्म दिनको एउटा ताजा कागती खाने
२. चियाको साट्टो बेसार पानी खाने
३. च्याख्ला ननिकालिएको अर्थात् होल ग्रेन, गहुँ र मकैको रोटी वा ढिँडो खाने
४. खस्रो वा खलमा एकसरो कुटेको चामल खाना खाने
५. रासायनिक मल नहालिएको हरियो सागपात दाल वा गुन्द्रक खाने
६. हरियो खुर्सानी
७. लसुन
८. ब्रोकाउली
९. अदुवा
१०. पालुङ्गो
११. दही
१२. ग्रिन टी
यी खानेकुराले मानिसको शरीरमा प्रतिरोधात्मक क्षमता वृद्धि गराउँछन ।
के खाना हुँदैन ?
यस समयमा हामीले आफ्नो प्रतिरोधात्मक क्षमता बढाउन खानामा ध्यान दिनु आवश्यक छ । जसमा यी खाने कुरा तपाई बिल्कुलै नखानुहोस् ।
१. कोक, पेप्सी वा सोडाजस्ता पेय पदार्थ
२. तयारी अवस्थामा पसलमा राखिएको चाउचाउ, प्याकेज मासु र कुनै पनि तयारी अवस्थामा रहेको तत्काल पकाएर खान मिल्ने खानाहरू
३. चिनी बढी भएको पेय पदार्थ, मिठाइ र अन्य खाना
४. मैदाको रोटी र प्रशोधित चामलको भात वा नुडल्स
यी कुराहरू आफ्नो आहारबाट तुरुन्त हटाउन आवश्यक छ । यी खाने कुराले तपाईंको प्रतिरोधात्मक क्षमता न्यून गर्छन् । यदि तपाईं कोरोना संक्रमण भएको अवस्थामा यी खाने कुराहरू हटाउन सकिएन भने प्रतिरोधात्मक क्षमता कम हुन्छ र कोरोना ग्रसितको उच्च विन्दुमा पुग्ने सम्भावना धेरै हुने चिकित्सकहरुले सुझाव दिइरहेका छन् ।

प्रकाशित मिति: भाद्र ९ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend