Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लकडाउनका बेला मान्छे किन यतिधेरै मदिरा पिउँछन् ?

हाम्रो कोशी आवाज
भाद्र १० २०७७, बुधबार
लकडाउनका बेला मान्छे किन यतिधेरै मदिरा पिउँछन् ?

यतिबेला विश्वभर कोरोना भाइरसको भूमरीमा फसेको छ । कोरोना भाइरसको आगमनपछि विश्व पहिलेको जस्तो छैन । विश्वका अधिकांश देशमा लकडाउन हुँदा मानिसहरु घरभित्रै सीमित भएका छन् ताकी संक्रमण नफैलियोस् ।
करिब २ महिना लकडाउन हुँदा मानिसहरु अब ‘न्यू नर्मल’को अवस्थामा समाहित हुन खोजिरहेका छन् । लकडाउनका कारण घरभित्रै सीमित मानिसहरुलाई रक्सी खाने बाहना बनेको छ ।
बेलायतमा लकडाउनको अवधिमा गत मार्च महिनामा २२ प्रतिशतले बिक्री बढ्यो भने अमेरिकामा यो संख्या झण्डै तेब्बर ५५ प्रतिशतले बढेको छ । यो संख्या गत वर्षको सोही समयको तुलनामा हो । ‘म यो महामारीपछि कि त मास्टर सेफ बन्छु कि त अल्कोहलिक बन्छु,’ एकजनाले सामाजिक सञ्जालको मिममा लेखिएको यो भनाइ हो ।
अमेरिकन नागरिक सेफ इना गार्टेनले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्दै भनेकी छन्, ‘कसैलाई पनि थाहा छैन यो कहिले रोकिन्छ, एकैछिन रुक्नुहोस्, कसैले पनि यसलाई रोक्न सकेको छैन,’ गिलासमा ककटेल राख्नुभन्दा अघि आँखा झिम्क्याउँदै उनी हाँस्दै भन्छिन् ।
सामान्य अवस्थामा मानिसहरुको समूहमा रक्सी पिउनेहरु यतिबेला ह्याप्पी आवर मनाउने भन्दै भर्चुअलरुपमा रक्सीले भरिएको गिलास चियर्स गर्दैछन् ।
मानिसहरु रमाइलो गर्न र हाँस्नुको साटो विकल्पमा धेरै रक्सी पिउन थालेका छन् । यतिबेला विश्वमा कैयन मानिसमा मानसिक समस्या देखिन थालेको छ भने मानिसहरु यो महामारी कहिले सकिएला र सामान्य अवस्थामा फर्कन पाइएला भनेर सोचिरहेका पनि छन् ।
विश्वभरी नै यतिबेला मानिसहरु बिरामी भइरहेका छन् भने कैयन मृत्युवरण पनि गरिरहेका छन् । स्वास्थ्य सेवा र फ्रन्टलाइनमा काम गर्नेहरु यतिबेला सबैभन्दा बढी तनावमा छन् । कैयन मानिसहरु आफ्ना प्रियजनबाट टाढा हुन बाध्य छन् । त्यसैले यतिबेला डर, तनाव र चिन्ता पनि उनीहरुमा थपिएको छ ।
त्यसैले यतिबेला कैयन मानिसहरु फ्रन्टलाइनमा रहेर काम काम गरिरहेका छन्, घरबाट काम गरिरहेका छन् । घरमै बालबालिकालाई पढाइरहेका छन् । घरमा एक्लै बस्दाको पीडा र यसैकारण प्रियजनलाई गुमाउने र जागिर नै गुमाउनु परेको अवस्थामा मानिसहरु छन् ।
त्यसैकारण पनि मानिसहरु यतिबेला रक्सीमा बढी ध्यान दिन थालेका छन् ताकी यसबाट उत्पन्न तनाव, चिन्ता, डर, त्रास केही भए पनि कम होस् ।
तर सत्य कुरा के हो भने मनोवैज्ञानि र शारीरिक दुबै रुपमा र जब तपाई बढी चिन्तामा हुनुहुन्छ जीवन पक्कै पनि छोटो हुन्छ ।
‘रक्सी खाइरहँदा हामीलाई केही रिलिफ भएको, अलिकति बढी राम्रो भएको लाग्नसक्छ,’ द नेकेड मान्इडः कन्ट्रोल अल्कोहल पुस्तककि लेखिका एमी ग्रेसले भनिन्, ‘हाम्रो रगतमा अल्कोहलको मात्रामा बढ्छ । र, अरु कुराहरु घट्दै जान्छ, दिमाग पनि रिल्याक्स हुन्छ भने अव्यवस्थित र उत्साही हुन्छ ।’
उनका अनुसार तर त्यो उत्साह क्षणिक हुन्छ, २०(३० मिनेटपछि शरीरले अल्कोहललाई शुद्ध गर्न थाल्छ, शरीरले टोक्सिन गर्न थाल्छ । त्यसपछि अल्कोहल रगतमा पुगेर थकान शरीरलाई असहज बनाउँछ भने अझ बढी तनाव दिन थाल्छ । रक्सीले मस्तिष्कको म्यासेन्जरमा असर गर्न थाल्छ । यसले न्यूरोट्रान्समिटरमा असर गर्छ भने शरीरलाई बढी थकाउँछ, हामीलाई अझ बढी अव्यवस्थित बनाउँन थाल्छ भने शरीर पनि असहज महसुस गर्न थाल्छ ।
इटलीबाट प्रकाशित नयाँ रिसर्चमा तपाईं मध्यम मात्रामा रक्सी खाने मानिस हुनु भयो भने पनि कोभिड(१९ को संक्रमण हुने रिक्स हुन्छ र यसले संक्रमणलाई अझ बढावा दिन्छ पनि । रक्सी पिउनेहरुमा संक्रमणको जोखिम अझ बढी हुन्छ भने छिट्टै फोक्सोमा पनि असर गर्छ साथै बिरामी भएको अवस्थामा भेन्टिलेटर नै आवश्यक हुन सक्छ । अध्ययनले रक्सीको सेवनले एसीई–२ को मात्रा बढाउँछ र कोरोना भाइरस शरीरमा प्रवेश गर्ने सम्भावना बढ्छ । –एजेन्सी

प्रकाशित मिति: भाद्र १० २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend