धरानः नेपाली मनमा राष्ट्रियताको भावना जगाउनका लागि गीतकार यमप्रसाद आचार्यले आफ्नो नयाँ म्युजिक भिडियो ‘नेपाली म हुन सकुँ’ सार्वजनिक गरेका छन् ।
नेपाली अब उठ्न र जुट्न जरुरी छ र देशलाई समस्या पर्दा ज्यान पनि दिन सकुँ भन्ने सन्देश यस गीतमा व्यक्त गरिएको छ । गीतमा स्वर प्रमोद खरेल रहेको छ भने शब्द यमप्रसाद आचार्यको रहेको छ । यस गीतलाई दीपकराज विश्वकर्माले संगीतबद्ध गरेका हुन् ।
म्युजिक भिडियोमा सदाबहार नायक दिलीप रायमाझी फिचर्ड छन् । भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने विकास दाहालले सम्पादन गरेका हुन् । नारायण काइँलोप्रति विशेष धन्यवाद व्यक्त गरिएको यस भिडियोलाई प्रकाश धितालको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो । कोराना कहरबीच सार्वजनिक गरिएको भिडियोलाई साथ र सपोर्ट गरिदिन निर्माण टिमले सम्पूर्ण नेपालीहरुमा आग्रह गरेका छन् । –मेलमार्फत्