Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपीमै दुर्लभ शल्यक्रिया

हाम्रो कोशी आवाज
भाद्र १४ २०७७, आइतबार
धरानको बीपीमै दुर्लभ शल्यक्रिया

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक दुर्लभ शल्यक्रिया भएको छ ।
१० वर्षीया बालिकाको अण्डाशयको दुरविन प्रविधिबाट सफल उपचार गरिएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए ।
एक हप्ता अगाडि पेटको समस्या लिएर प्रतिष्ठान आएकी बालिका को सिटी स्क्यान गर्दा पेटमा दुवै अण्डाशयको १० गुणा १५ अm को ट्युमर रहेको पुष्टि भएको थियो । यसलगत्तै बिरामीलाई अप्रेसनको मिति तय गरेर दूरबीन प्रविधिबाट अप्रेसनको सल्लाह दिएको थियो ।
डा. अजय अग्रवाल र डा. मदन खड्काको टोलीले सफल शल्यक्रिया गरेका हुन् । प्रतिष्ठानमा यसअघि यस किसिमको शल्यक्रिया बच्चामा भएको छैन । दुरबीन प्रविधिबाट गरिने शल्यक्रिया सामान्य तय महङ्गो हुने गर्दछ । यस प्रविधिमा विशेष उपकरण र सीपको आवश्यकता चाहिन्छ । बालिकाको अवस्था सुधारोन्मुख रहेको डा. अग्रवालले जानकारी दिए । ‘उनको अवस्था सुधारोन्मुख छ, आज डिस्चार्ज हुनेछिन्’, डा. अग्रवालले भने ।
उनले बीपीमा पहिलो पटक यस्तो प्रविधिबाट उपचार भएको जानकारी दिए । दूरबिन प्रविधिबाट शल्यक्रियासम्बन्धी भर्खरै डा. अग्रवालले तालिम लिएर आएका हुन् । बालिका सानो भएकोले चिरेर शल्यक्रिया गर्दा दाग देखिने र जोखिम पनि हुने भएकोले १० वर्षीय बालिकामा प्रतिष्ठानमा पहिलोपटक दुर्लभ शल्यक्रिया गरिएको र सम्भवतः नेपालमै पहिलो हुन सक्ने डा. अग्रवालको भनाइ छ ।

प्रकाशित मिति: भाद्र १४ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend