धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक (डीन) पदमा प्राध्यापक डा. शिवेन्द्र झालाई नियुक्त गरिएको छ ।
प्रतिष्ठान प्रवक्ता डा. निदेश सापकोटाका अनुसार उनी तीन वर्षका लागि नियुक्त भएका हुन् । नियमावली, २०५५ को नियम २०.४ को उपनियम (१) बमोजिम शैक्षिक संकायतर्फका (परीक्षाबाहेक) सम्पूर्ण शैक्षिक कार्यक्रमहरु सन्चालनार्थ प्रतिष्ठानको डीन (शैक्षिक) पदमा उनलाई नियुक्त गरिएको उनले जानकारी दिए । उनी फरेन्सिक विभागका कार्यरत् थिए ।