Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यो बेला मौसमी फ्लु पनि हुनसक्छ, कोरोना र फ्लु कसरी छुट्याउने ?

हाम्रो कोशी आवाज
भाद्र १८ २०७७, बिहिबार
यो बेला मौसमी फ्लु पनि हुनसक्छ, कोरोना र फ्लु कसरी छुट्याउने ?

धरानः अहिले मौसम परिवर्तन भइरहेकाले मौसमी फ्लुको जोखिम बढेको छ । यता कोरोनाको जोखिम पनि उच्च बिन्दुमा पुगेको छ । मौसमी फ्लु र कोरोनाका लक्षणहरु मिल्दोजिल्दो भएकाले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भाइरसको संक्रमण भयो कि भन्ने शङ्का धेरैमा हुने गरेको छ ।
मौसमी फ्लु र कोरोना भाइरस दुवै भाइरल संक्रमण (इन्फेक्सन) हो । तर सामान्य रुघाखोकी लाग्दैमा डराउनु पर्दैन । मौसमी फ्लु हुँदा ज्वरो ९८ देखि एक सय डिग्रीसम्म पुग्छ । तर कोरोनाको संक्रमण हुँदा ज्वरो एक सयभन्दा माथि पुग्छ । मौसमी फ्लु हुँदा दुईरचार दिनमा नै त्यसका लक्षण देखा पर्छन् । तर कारोनाको लक्षण १४ दिनसम्म देखा पर्छ । फ्लु लाग्दा एक हप्तासम्म रुघाखोकी लाग्ने र सामान्य ज्वरो आउने हुन्छ । फ्लु दुईदेखि चार दिनमा अरुमा सर्छ भने कोरोना चाररपाँच दिनको फरकमा सर्छ ।
कोरोना भएमा यस्तो लक्षणः
–रुघाखोकी लाग्दा पनि उच्च ज्वरो आउने
–निमोनियामा जस्तो स्वाँ–स्वाँ बढ्ने
–श्वास लिँदा धेरै बल लगाउनुपर्ने
–छातीमा गाह्रो हुने
सामान्य रुघाखोकी लाग्दैमा अस्पताल जानुपर्दैन । ज्वरो १०१, १०२ डिग्रीभन्दा बढी आएमा, ज्वरो निरन्तर आएमा, श्वास फेर्दा छाती धेरै दुखेमा वा श्वास फेर्न गाह्रो भएमा, ज्यान धेरै कमजोर र लत्रक्क परेकोजस्तो देखिएमा, मधुमेह, मिर्गौला रोगीजस्ता दीर्घ रोगीले अस्पताल गएर परामर्श लिने गर्नुपर्दछ ।

घरमै के गर्न सकिन्छ ?
–फलफुल, सागपात तथा हरिया तरकारीजस्ता प्राकृतिक खानेकुरा धेरै खाने
–मासुजन्य परिकार सकेसम्म कम खाने र राम्ररी पकाएर खाने
–सकभर स्वस्थ्य रहने
–प्रशस्त मात्रामा उमालेको पानी पिउने
–धेरै मात्रामा झोल पदार्थ पिउने
–सबैभन्दा बढी हातको सरसफाइमा ध्यान दिने
–काम गर्दा पटक पटक स्यानिटाइजर प्रयोग गर्ने
–स्यानिटाइजर नभए साबुन पानीले हात धुने
–शौचालय जाँदा र बाहिरबाट घर फर्केपछि २० सेकेण्ड मिचीमिची हात धुने
–बाहिरबाट घर फर्केपछि लगाएको कपडा फेर्ने
–हरेक दिन छुट्टाछुट्टै कपडा लगाउने
–लुगा दैनिक रुपमा धुने र सकेसम्म दैनिक नुहाउने
–घरबाहिर जाँदा मास्क लगाउने र नभए रुमालले मुख छोप्ने

प्रकाशित मिति: भाद्र १८ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend