Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मौसमी रुघाखोकीले पनि लिन्छ ज्यान

हाम्रो कोशी आवाज
भाद्र २१ २०७७, आइतबार
मौसमी रुघाखोकीले पनि लिन्छ ज्यान

सर्वसाधारणले स्वाइन फ्लू भनेर बुझेपनि यो मौसमी रुघाखोकी हो । सुंगुर बंगुरमा हुने रुघाखोकीलाई स्वाइन फ्लु भनिन्छ । सुरुमा सुंगुर बंगुरबाट मानिसमा यसको भाइरस सरेको हो ।
तर पछिल्लो समय मानिसबाट मानिसमा नै सरिरहेको भएकाले विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले सिजनल इन्फ्लुएन्जा अर्थात् मौसमी रुघाखोकी भनेको छ । मौसमी रुघाखोकी साउनदेखि असोज मध्यसम्म र माघको मध्यदेखि चैतसम्म बढी देखिन्छ ।
हरेक वर्ष देखिने भएकाले यसलाई मौसमी रुघाखोकी भनिएको हो । यो मुख्यतया श्वासप्रश्वासबाट सर्ने गरेको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको इपिडिमियोलजीका प्रमुख डा. गुणनिधी शर्माले बताए । यो अरु रोग भन्दा छिटो सर्ने गर्छ ।
डाक्टरका अनुसार लगातार रुघाखोकी लाग्ने, टाउको दुख्ने, घाँटी खसखसाउने, हप्ता दश दिनसम्म पनि कडा ज्वरो आउने मौसमी रुघाखोकीका लक्षण हुन् ।
मौसमी रुघाखोकी सरुवा रोग भएकोले सार्वजनिक ठाँउमा जाँदा मास्क लगाउने, खोक्दा वा हाछ्यूँ गर्दा रुमालको प्रयोग गर्ने, साबुन पानीले राम्ररी हातमुख धुने, झोलिलो खानेकुरा सेवन गर्ने र बेलैमा स्वास्थ्य परीक्षण गराउनुपर्छ ।
५ वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घरोगी, दम, फोक्सोका समस्या, अंग प्रत्यारोपण गराएका, क्यान्सर उपचार गराइरहेका, रोग प्रतिरोधक क्षमता कम भएका दीर्घरोगी रुघाखोकीको जोखिम समूह अन्तर्गत पर्ने भएकाले त्यस्ता व्यक्तिले विशेष ध्यान दिनुपर्छ ।
डा. शर्माका अनुसार दिर्घ रोगीले सामान्य अवस्थामा नै परीक्षण गरी उपचार गराए मौसमी रुघाखोकी निको हुन्छ । रुघाखोकीको भाइरस मुख्य रूपमा संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा, बोल्दा मुखबाट निस्किने पानीका स साना कणको माध्यमले वातावरणमा फैलिएर अन्य स्वस्थ व्यक्तिलाई संक्रमित पार्छ ।

प्रकाशित मिति: भाद्र २१ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend