Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पूर्वका ‘जन्तरे मामा’ को गीत सार्वजनिक

हाम्रो कोशी आवाज
भाद्र २४ २०७७, बुधबार
पूर्वका ‘जन्तरे मामा’ को गीत सार्वजनिक

धरानः ‘जन्तरे मामा’को नामले परिचित अमित राईको पहिलो गीत ‘फूलैफूलको सौगात तिमीलाई’ सार्वजनिक भएको छ । सामाजिक सन्जालमा भाइरल भएको जन्तरे मामाको स्वरमा सजिएको सो गीत किंङ्स रेकडिङ स्टुडियोमा रेकडिङ गरिएको हो ।
गीतको म्युजिक भिडियो गोटु सेन्टर च्यानलबाट सार्वजनिक गरिएको छ । ५३ वर्षको उमेरमा रेकड गरिएको सो गीत गोपालचन्द्र राईको शब्दमा रहेको र संगित तोरेम्पा हाङगले भरेका छन् । ५३ वर्ष उमेरको भएपनि मिठो सुमधुर स्वर रहेको र गाउँरघरमा गीत गाउने गरेकाले स्टुडियोसम्म नै ल्याएर गीत रेकर्ड गराउन सहयोग गरेको गोपालचन्द्र राईले बताए । अब निरन्तर गायन क्षेत्रमा रहेर स्रोता र दर्शकमाझ नयाँ गीत ल्याउने सोचमा रहेको पनि जन्तरे मामाको सहयोगीहरूले बताएका छन् ।

प्रकाशित मिति: भाद्र २४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend