Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पूर्वीय र पश्चिमी शैलीको ‘काफल पाक्यो’ सार्वजनिक (भिडियोसहित)

हाम्रो कोशी आवाज
भाद्र २६ २०७७, शुक्रबार
पूर्वीय र पश्चिमी शैलीको ‘काफल पाक्यो’ सार्वजनिक (भिडियोसहित)

धरानः विदेशमा रहेर पनि नेपाली गीत संगीत क्षेत्रमा क्रियाशील गायक बिन्ती कुमार गुरुङले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘काफल पाक्यो’ सार्वजनिक गरेका छन् ।
गायक गुरुङकै स्वर, शब्द र संगीतमा रहेको यस गीतलाई ककहाङ सुब्बाले संगीत संयोजन गरेका हुन् । पूर्वीय र पश्चिमी शैलीको फ्युजन रहेको यस गीतमा गुरुङका विदेशी साथीहरुले बाध्यवादनमा साथ दिएका छन् ।
म्युजिक भिडियोमा गायक गुरुङको साथमा आयशा अनवरको अभिनय देख्न सकिन्छ । भिडियोलाई गायक गुरुङको अफिसिएल च्यानल ‘बिन्ती कुमार गुरुङ’ मार्फत सार्वजनिक गरिएको छ । सुनिल उप्रेतीको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो ।
यसअघि गायक गुरुङले चर्चित गायिकाहरु अन्जु पन्त र मेलिना राई संगको सहकार्यमा ‘माया त यस्तो’ , ‘फूलभन्दा नि राम्री’ बोलको गीतहरु सार्वजनिक गरिसकेका छन् । यसअघिका गीत संगीत जस्तै यस भिडियोबाट दर्शक, स्रोताको सकारात्मक प्रतिक्रियाको अपेक्षा गायक गुरुङले गरेका छन् ।

https://youtu.be/kpydAtaPbWM

प्रकाशित मिति: भाद्र २६ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend