धरानः लोकप्रिय गायक राजेश पायल राई र नव गायिका भीमा राईको सुमधुर स्वरमा रहेको पूर्वेली भाकामा आधारित गीत ‘ओठमा लाली’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रेमिल शैलीको यस गीतमा उमेश राज खड्काको शब्द संगीत रहेको छ भने बिक्रम कार्कीले यस गीतलाई संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा दीपेश राई, भीमा राई र विष्णु मगरको अभिनय देख्न सकिन्छ । मणि राईले कोरियोग्राफी गरेको भिडियोलाई नितेश लामा ( नियोन ) ले छायांकन तथा सम्पादन गरेका हुन् । देवान के राई र मन्जु राईको लगानी रहेको यस भिडियोलाई चक्र पुलामीको निर्देशनमा तयार पारिएको हो ।
सानैदेखि गीत संगीतमा रुचि राख्ने गायिका भीमा राईको पहिलो प्रयास स्वरूप सार्वजनिक गरिएको भिडियोलाई माया गरिदिन गायिका राईले सम्पूर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेकी छिन् । -मेलमार्फत्
