Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धराने इक्साको ‘ज्यानै हाजिर भो’

हाम्रो कोशी आवाज
असोज ९ २०७७, शुक्रबार
धराने इक्साको ‘ज्यानै हाजिर भो’

धरानः धरानबाट मोडलिङ यात्रा शुरू गरेकी इक्सा मादेन अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ ।
मुन्धुमी गायक ब्रबिन शेमा ‘चेसुङ’ र गायिका सीता सिङ्घकको ‘ज्यानै हाजिर भो’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । मदन पुरस्कार बिजेता कवि राजन मुकारुङको शब्द र सङ्गीत रहेको गीतको भिडियो ओरिजिन नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
मनदेखि लगाएको माया कति अमर हुन्छ भन्ने आशय बोकेको भिडियोमा विगतका दिनहरूलाई सम्झी प्रदेश गएको प्रेमी आउने बाटो हेर्दाहेर्दा वर्षौं बितेको तर माया कहिले नघटेको कुरा देख्न सकिन्छ । भिडियोमा प्रेमको परिभाषा के हो भन्ने देखाउन खोजिएको छ । भिडियोलाई पाँचथरको लब्रेकुटी आसपासका क्षेत्रमा भुपेन्द्र तुम्वाहाङ्फेले छायाङ्कन गरेका हुन् । मोडल इक्सा मादेन, पुष्पा लिम्बू र गायक शेर्माको मुख्य भूमिका रहेको गीति भिडियोको निर्देशन किरण चाम्लिङ राईले गरेका हुन् ।
गीतको शब्द संगीतले पनि लिम्बू सांस्कृतिक मौलिकता प्रस्तुत गरेको छ । इक्सा मिस पूर्वाञ्चलकी फस्ट रनरअप तथा मिस ग्रान्ड नेपालकी पनि फस्टरनरअप हुन् । उनी आरजे र उदघोषक पनि हुन् ।

प्रकाशित मिति: असोज ९ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend