धरानः भ्वाइस अफ नेपालका पहिलो सिजन बिजेता गायक सिडी विजय अधिकारीको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘सम्झेर सानु’ सार्वजनिक भएको छ ।
हृदयस्पर्शी यस गीतमा दिल खड्काको शब्द संगीत रहेको छ । गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन् । धन कमाएर नेपाल फर्किन्छु भन्दा भन्दै बाध्यतामा परेका परदेशीहरू जो आफ्नो प्रिय मान्छेलाई सम्झिदै बसेका हुन्छन् ती प्रिय मान्छेहरूप्रति यो गीत समर्पित छ । कोरोना कहरबीच यो वर्षको दशैंमा घर फर्किन नपाउने परदेशीहरूको मन यो भिडियोले पक्कै रुवाउने छ ।
मनछुने यस गीतको म्युजिक भिडियोमा रोशनी कार्की र राज खड्काको जीवन्त अभिनय देख्न सकिन्छ । बुद्ध थापाले छायाङ्कन गरेको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् । राज खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । जीटुजी मिडियाको अफिसिएल च्यानलमार्फत् भिडियो सार्वजनिक भएको हो । अग्रिम रुपमा दशैंको शुभकामनासहित निर्माण टिमले यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन सम्पूर्ण सङ्गीतप्रेमीहरूमा आग्रह गरेका छन् ।