धरानः धरानस्थित युएन, नवोदय कलेजको पहिलो प्रवेश परीक्षा सम्पन्न भएको छ ।
शनिबार बिहान ९ बजेदेखि कलेज भर्नाका लागि प्रवेश परीक्षा आयोजना भएको थियो । होटल म्यानेजमेण्ट र म्यानेजमेण्टमा प्रदेश १ मा उत्कृष्ट नतिजा ल्याउँदै ब्राण्ड कलेजको रुपमा स्थापित कलेजले सो सङ्कायमा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिएको हो ।
कोरोना भाइरसको महामारीका कारण मास्क, सेनिटाइजरलगायत स्वास्थ्यका मापदण्डसहित े प्रवेश परीक्षा लिइएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्वापोले जानकारी दिए ।
कलेजले अब अन्य प्रवेश परीक्षा यसरी नलिने उनले जानकारी दिए । ‘अब प्रवेश परीक्षा लिँदा कलेजमै जतिजना विद्यार्थी उपस्थित हुन्छन प्रत्यक्ष संलग्नता गराएर गर्ने व्यवस्था गरेको छ’, उनले भने ।
कलेजले भर्नाका लागि पूर्ण तथा आंशिक छात्रवृत्ति पनि दिएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्वापोले जानकारी दिए । कलेजका अध्यक्ष ज्ञानेश्वर झाले यसअघि कलेजका विद्यार्थीले होटल म्यानेजमेण्ट र म्यानेजमेण्टमा टियु सेकेण्डर टपरदेखि प्रदेश १ प्रथम समेत बनेर देखाएपछि कलेज विद्यार्थीको रोजाइमा पर्दै गएका बताए । ‘पछिल्लो समय कलेज विद्यार्थीको रोजाइमा परेको र विद्यार्थीको आकर्षण अत्याधिक भएकोले हामीलाई पनि अझ कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भनेर थप उत्साह थपिएको छ,’ अध्यक्ष झाले भने, ‘अझै मिहिनेत गर्ने जोश, जाँगर थपिएको छ, हामी अझै गुणस्तरीयतामा जोड दिँदै जानेछौं ।’ फोटोः हाम्रो कोशी आवाज





















