Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यी राशीका व्यक्तिमा मायाको भकारी

हाम्रो कोशी आवाज
असोज १० २०७७, शनिबार
यी राशीका व्यक्तिमा मायाको भकारी

मिथुन राशी
यस राशिका व्यक्ति एकदमै छिटो प्रेममा पर्ने गर्छन् । कसैको कुनै पनि कुरा राम्रो लागेमा आकर्षित भइहाल्ने र भविष्यबारे सपना देख्न थाल्छन् । यद्यपी, जति चाँडो प्रेममा पर्छन्, त्यति नै छिटो प्रेमको भूत पनि उत्रिहाल्छ ।
कर्कट राशी
प्रेममा विश्वासिलो, सम्बन्धप्रति इमान्दार र प्रेमको अनुभूति गराउन आउँछ यी राशिका व्यक्तिलाई । यी राशिका व्यक्ति निकै संवेदनशील हुन्छन्, त्यसैले जो राम्रो व्यवहार गर्छ, सम्भव त ऊसलाई मन पराउन थाल्छ ।
कन्या राशी
मनमा कुरा नलुकाउने हुन्छन् र अर्को व्यक्तिबाट पनि यही आशा राख्छन् । यही विशेषतालाई अरुले गलत रुपमा लिइदिने गर्छन् । त्यसैले, जो कोही पनि उसको कुरामा सहमति देखाउँछ, ऊ (कन्या राशि) भावनात्मक रुपले तिनैसँग जोडिन पुग्छन् ।
कुम्भ राशी
यी राशीका व्यक्ति अरुको आकर्षणमा रहिरन मन पराउँछन् । यस्तो अवस्था यदि अरु व्यक्तिले बेवास्ता गरेमा उनीहरुलाई निक्कै रिस उठ्ने हुन्छ । त्यसैले, जो यो राशिका व्यक्तिप्रति आकर्षित हुन्छन्, आफ्नो बनाएर छाड्छन् ।
मीन राशी
यी राशिका व्यक्ति प्रेमको सम्बन्धमा निककै अनौठा हुन्छन् । जुनसुकै अवस्थामा आफूलाई सहज बनाओस् भन्ने चाहन्छन् । यद्यपी, यी राशिका व्यक्तिको अनौठो स्वाभावले मानिस चाँडै आकर्षित हुन्छन् । –एजेन्सी

प्रकाशित मिति: असोज १० २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend